काठमाडौँ। नेपाल समाजवादी पार्टी (नेसपाका) अध्यक्ष डा.बाबुराम भट्टराईले उद्योग विकासमा पहल गर्न आवश्यक रहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सम्पत्ति अभिलेखिकरण गर्नुपर्ने बताए। साथै एकले अर्कालाई अरोप लगायौं भने हामी सबै खुइलिने जिकिर गरे । उनले व्यावसाय गर्नु भनेको राम्रो कुरा गर्नु हो भनेर सबैलाइ सिकाउन जरूरी रहेको बताए।
नेपाल विश्वको जीगीपी १० गुण भन्दा कममा छ, आरोप प्रत्यारोप नगरि काम गर्न सक्याैँ भने सबैलाइ फाइदा हुने बताए। यस्तै पूरा नीति परिवर्तन गरेर, दुई देश चीन र भारतसँग सम्बन्ध बढाएर जान सक्नुपर्ने बताए। भएन भने, देशको अर्थतन्त्र समस्या हुन्छ





























प्रतिक्रिया