नेपाली बजारमा भित्रन लागेकाे लिप मोटर्सको इलेक्ट्रिक कार टी–०३ का यस्ता छन् विशेषता

नेपाली बजारमा भित्रन लागेकाे लिप मोटर्सको इलेक्ट्रिक कार टी–०३ का यस्ता छन् विशेषता

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । चिनियाँ अटो इलेक्ट्रिक कार नेपाली बजारमा भित्रिने भएकाे छ। नेपालका लागि आधिकारिक वितरक रहेको बाणिज्य विकास प्रालिले चिनियाँ अटो निर्माता लिप मोटर्सले उत्पादन गरेको इलेक्ट्रिक कार टी–०३ नेपाल ल्याउन लागेको हो।

यूरोपेली अटो निर्माता स्टेलान्टिससँगको साँझेदारीमा इलेक्ट्रिक कार उत्पादन गरी विश्व बजारमा बिक्री गर्ने समझदारी भएसँगै कम्पनीले नेपालमा पनि आफ्नो नेटवर्क विस्तार गरेको जनाएको छ।

नेपाल आउने ह्याचब्याक कार टी–०३ को मूल्य सार्वजनिक गरिएको छ। कम्पनीका अनुसार उक्त कार ५५ र ८० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरमा उपलब्ध हुनेछ। जसको मूल्य क्रमशः २४ लाख ९९ हजार र २७ लाख ९९ हजार निर्धारण गरिएको छ।

सन् २०२० मा चीनमा लन्च भएको टी–०३ मा ३६.५ किलोवाट आवरको लिथियम–आयोन ब्याट्री जडान गरिएको छ। सो कारले सिंगल चार्जमा ४०० किलोमिटर हाराहारी रेन्ज दिने दावी गरिएको छ। ५ वटा ढोका भएको सो इलेक्ट्रिक ह्याचब्याकले डिसी फास्ट चार्जर समेत सपोर्ट गर्छ। यसको ब्याट्रीमा कम्पनीले ८ बर्ष अर्थात १ लाख ५० हजार किलोमिटरको वारेन्टि दिएको छ। कारमा लेभल–२ अटोनोमस ड्राइभिङ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम र ८ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट कन्सोल लगायत फिचर पाउन सकिने कम्पनीको दाबी छ।

चीनमा उक्त कार तीनवटा भेरिएन्टमा उपलब्ध छ।

Logo