नयाँ वर्षमा टाटाका गाडी किन्दा एक्सचेन्ज बोनसदेखि बीमासम्म सुविधा

नयाँ वर्षमा टाटाका गाडी किन्दा एक्सचेन्ज बोनसदेखि बीमासम्म सुविधा

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष नयाँ कार–२०८१’ योजना ल्याएको छ ।

उक्त योजनामा सहभागी भई ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन ईभी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले बताएको छ ।

यो योजना टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरुमा लागू हुनेछ ।

यसका साथै जुनसुकै ब्रान्डका गाडीहरु एक्सचेन्जमा आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एसेसरिज र फास्ट चार्जर निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

नयाँ वर्षको अवसरमा टाटा मोटर्सको नेपालभर रहेका अत्याधुनिक सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । यो योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले बताएको छ ।

Logo