युनाइटेड ट्रेडर्सले ‘टोयोटा वुमन्स मोटर र्याली २०२४’को आयोजना गर्दै

युनाइटेड ट्रेडर्सले ‘टोयोटा वुमन्स मोटर र्याली २०२४’को आयोजना गर्दै

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले मोटर र्याली आयोजना गर्ने भएको छ । कम्पनीले आगामी वैशाख ८ गते ‘टोयोटा वुमन्स मोटर र्याली २०२४’को आयोजना गर्ने भएको हो । 

अटोमोटिभ क्षेत्रका महिलाहरू माझ सौहार्द्रता र साहसिक भावनाको प्रवर्द्धन गर्ने उद्देश्य राखि र्याली गर्ने भएको कम्पनीले बताएको छ । २० वर्षअघिदेखि शुरू भएको र्याली मोटर स्पोर्टस्को क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कार्यक्रम रहँदै आएको कम्पनीको भनाइ छ । 

र्यालीले महिलाहरूलाई सशक्तीकरण र प्रेरणादायी बन्दै परम्परागत घेराबाट माथि उठ्न सघाउने कम्पनीले विश्वास लिएको छ । कम्पनीले र्यालीमा सबै क्षेत्रका महिलाले सहभागिता जनाउन सक्ने भन्दै सहभागिताका लागि आह्वानसमेत गरिरहेको हो । र्यालीमा कुनै पनि गाडीमार्फत सहभागिता जनाउन सकिने कम्पनीले बताएको छ । 

यो र्याली मोटर स्पोर्ट्सअन्तर्गत पर्ने रेसिङ्ग विधाको टिडिएस र्याली हो । टाइम (समय) डिस्ट्यान्स (दुरी) र स्पीड (गति) अर्थात् टिडिएस र्यालीअन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुने र अन्त्यमा बिजेता घोषणा हुनेछ । 

यो र्यालीमा काठमाडौँको विभिन्न सहरहरू परिक्रमा हुनुको साथै सांस्कृतिक सम्पदा हुँदै गन्तव्यमा पुगि र्यालीको समापन हुने बताइएको छ । कम्पनीले बिजेताहरुलाई पुरस्कार साथै र्याली समापन हुने ठाउँमा सफल महिला उद्यमीको उद्यमशीलताको पहिचान गरी प्रोत्साहन र हौसला बढाउने उद्देश्य यस र्यालीमा कार्निवल आयोजना गरिनेछ ।

Logo