शारडा ग्रुपका अध्यक्ष प्रतिष्ठित इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित

शारडा ग्रुपका अध्यक्ष प्रतिष्ठित इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडा नेपाल चेम्बर अफ कमर्शको प्रतिष्ठित इन्द्रभक्त स्मृती पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल चेम्बर अफ कमर्शको ७३औं साधारण सभाको अवसरमा आयोजित समारोहमा अध्यक्ष शारडा सम्मानित भएका हुन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि रहेका थिए । यो पुरस्कार उद्योग, व्यापार क्षेत्रका नेतृत्वकर्ताहरुले सामाजिक दायित्व र मुलुकको विकासमा निभाएको भूमिकाको कदर गर्दै प्रदान गरिन्छ ।

शारडा ग्रुपको नेतृत्व गर्दै नेपालमा रोजगारीको अवसर श्रृजनासँगै मुलुकको आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै शारडालाई प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हाे । “प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुन पाउँदा निकै हर्षित छु” अध्यक्ष शारडाले भने, “शारडा ग्रुपले दशकौंदेखि गरेको सेवा र गुणस्तरको मुल्यांक हुँदा कृतज्ञ महसुस गरेको छु । हामी मुलुकको आर्थिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्न कटिबद्ध छौं ।”

शारडा समुहले उपभोक्ताले प्रयोग गर्ने वस्तुको ब्यवस्थापन, उत्पादन र आयात गर्दै आएको छ । निष्ठा, नविनता र गतिशिलताको प्रतिक बनेको शारडा ग्रुप दशकौँ देखी नेपालको ब्यापारिक क्षेत्रको मजबुत विम्ब बनेको छ ।

Logo