काठमाडौं,
प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक खरिद गर्ने भएको छ । प्राइमले कन्काईलाई १०ः७ को अनुपातमा खरिद गर्न लागेको हो ।
प्रारम्भिक चरणमा निर्धारण भएको अनुपात ड्यू डिलिजेन्स रिपोर्टपछि केही परिवर्तन पनि हुन सक्ने बताइएको छ । प्राइम बैंकले कन्काईलाइ खरिद गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सो सम्झौतापत्रमा प्राइमका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले हस्ताक्षर गरेका छन् ।
कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच विस्तार गर्ने तथा ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गरी थप सुदृढ र सवल बैंकको रूपमा स्थापित हुनाका लागि कन्काई विकास बैंकलाई प्राप्ति गर्न लागेको प्राइम बैंकले जनाएको छ ।
कन्काई विकास बैंकको प्राप्तिपछि प्राइम बैंकको शाखा सञ्जाल ८९ पुग्नेछ । हाल प्राइम बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड रूपैयाँ छ भने कन्काई विकास बैंकको ५१ करोड ५० लाख रूपैयाँ छ ।































प्रतिक्रिया