पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घट्यो

पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ हुनेछ । तर अन्य डिजेल, मट्टितेल, हवाइइन्धन लगायका पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूचीअनुसार भाउ घटबढ गर्दै आएको छ । ‘अन्तर्राष्ट्रिय मापदण्डका आधारमा पेट्रोलियम पदार्थको मूल्य बेला बेला तलमाथि हुदै आएको छ ।

Logo