भियतनामका राजदूत हाई र नेपाली उद्योगीबीच भेटवार्ता

भियतनामका राजदूत हाई र नेपाली उद्योगीबीच भेटवार्ता

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपालका लागि भियतनामका राजदूत नग्युयेन थान हाइ, नेपालका लागि अवैतानिक वाणिज्यदूत राजेश काजी श्रेष्ठ र नेपाल भियतनाम उद्योग वाणिज्य संघका अध्यक्ष दिपक कुमार मलहोत्राबीच काठमाडौंस्थित् सोल्टी होटलमा भेटवार्ता भएको छ।

भेटवार्तामा नेपाल पर्यटकको आगमन वृद्धि गर्न बुद्ध जन्मभूमि लुम्बिनीमा भियतनामी पर्यटक ल्याउन सम्बन्धित निकायसँग सम्वनय गरेर देशमा पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याउनेबारे सहमति गरिएको बताइएको छ।

नेपालको कृषिक्षेत्रको विकासका लागि भियतनामसँग सहकार्य गरेर त्यहाँका विशेषज्ञ तथा नयाँ कृषि प्रविधिको सहयोगलाई अझ सहज पार्न आवश्यक पहल गर्दै कृषि उत्पादनमा वृद्धि गरी देशको खाद्य सुरक्षामा सकारात्मक सहयोग पुर्‍याउनुका साथै सूचना प्रविधिलाई प्रभावकारी बनाई आयात निर्यातलाई अझ सहज बनाउनेबारेमा छलफल भएको बताइएको छ।

त्यस्तै, भियतनामको पहलमा नेपालमा फुड प्रोसेसिङ प्रोजेक्ट सञ्चालन गर्नेबारे पनि छलफल भएको नेपाल भियतनाम उद्योग वाणिज्य संघका अध्यक्ष मलहोत्राले बताएका छन्।

बैठकमा राजदूत थान हाईले नेपाल भियतनाम सिधा हवाई पारवहन सञ्चालनका साथै अन्तर्राष्ट्रिय गन्तव्य सहज पार्न भियतनाममा ट्रान्जिट फ्लाइट सुविधाका लागि र नयाँ लगानीको वातावरण सिर्जना गर्न यथाशीग्र पहल गर्ने प्रतिबद्धता पनि जाहेर गरेका छन्।

Logo