काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।
माघ २६ गते शाखास्तरमा शुरु भएको सो प्रतियोगिता फागुन २८ मा क्लष्टर स्तरमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भई सो प्रतियोगिताबाट छनौट भएकालाई अन्तिम चरणमा आम्रपाली ब्याङ्क्वेट काठमाण्डौमा अन्तिम चरणको हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको हो।
हाजिर जवाफ प्रतियोगितालाई संचालन तथा कर्जा गरि दुई समूहमा वर्गीकरण गरिएको थियो। शाखास्तरको प्रथम चरणमा ४६४ कर्मचारी सहभागि भएकामा सोबाट विजयी १८७ कर्मचारीले क्लष्टर स्तरको दोस्रो चरणमा भाग लिएका थिए। तत्पश्चात्, दोस्रो चरणमा विजयी तथा उपविजयी भएका संचालन तथा कर्जा समूहका २०–२० जना गरि जम्मा ४० जना प्रतियोगीहरुको सहभागीता रहेको थियो।
सो कार्यक्रममा यस बैंकका कार्यकारी एवं उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय तथा इकाइ प्रमुखहरु, क्लष्टर/सब–क्लष्टर प्रमुख, शाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरुसमेत गरि भौतिक रुपमा तथा अनलाइन रही करीब ३५० भन्दा वढी कर्मचारीहरुले उत्साहजनक रुपमा सहभागी भई प्रतियोगीहरुको हौसला बढाएका थिए।
उक्त हाजिर जवाफ प्रतियोगितामा संचालन समूहको तर्फबाट सुर्खेत सव क्लष्टरका महेश रावल तथा हेमन्त विसी विजयी र धनगढी क्लष्टरका निरज कुँवर तथा गणेश सिंह ठगुन्ना उपविजयी भएका हुन्। त्यस्तै, कर्जा समूहका तर्फबाट काठमाडौं क्लष्टरका् श्री चेतन भट्टराई तथा संजु कुमारी श्रेष्ठ विजयी र विरगंज सव क्लष्टरका लव देव पाठक तथा अरुण ब्लोन उप विजयी भएका हुन्।
कार्यक्रममा दुई समूहका चार जना विजयी कर्मचारी प्रत्येकलाई नगद साठी हजार एवं दुई समूहका उपविजेता चार जना कर्मचारी प्रत्येकलाई नगद चालीस हजार पुरस्कारसहित प्रमाणत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ बैंकको यस बैंकको इतिहासमै पहिलो तथा विकास बैंकहरुमै नौलो किसिमको यस्तो प्रतियोगिताले कर्मचारीहरुमा सिक्ने/पढ्ने बानी बसाली वृत्ती विकासमा बलियो टेवा पुग्ने हूनाले आगामी दिनहरुमा समेत बैंकले यस्ता कार्यक्रमहरु थप गर्दै जाने विश्वास व्यक्त गरेको थिए।





























प्रतिक्रिया