काठमाडौं । मेरो अटो मोटर र्यालीको आयोजना हुने भएको छ। अटोमोटिभ्स प्रालिले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको मोटर र्यालीको चौथो संस्करण यस वर्ष यही वैशाख २१ र २२ गते काठमाडौंदेखि चितवनको सौँराहसम्म हुने भएको हो ।
र्यालीको फ्ल्याग अफ नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले गर्ने छन्। शुक्रबार बिहान ८ बजे ललितपुरको कुपण्डोलबाट सुरू हुने र्याली बल्खु, दक्षिणकाली, सिस्नेरी, हेटौंडा हुँदै सौराहाको होटल मोनालिसामा पुग्नेछ।
शनिबार सौराहामा एक कार्यक्रमकाबीच र्यालीको समापन गरिने छ।
र्यालीमा ५० बढी कारमा अटोमोबाइल, बैंकिङ, इन्स्योरेन्स लगायत विभिन्न क्षेत्रका १०० बढी व्यक्ति सहभागी हुनेछन्। र्यालीका संयोजक उज्वल घिमिरेले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने, सडक सुरक्षासम्बन्धी सचेतना बढाउने, अटो क्षेत्रको व्यावसायिक नेटवर्क विस्तार गर्ने उद्देश्यले र्याली आयोजना गरिएको बताए।
‘आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने, हाइवे ड्राइभिङ बारेमा सचेतना जगाउने उद्देश्यले हामीले विगत ४ वषदेखि मेरोअटो मोटर र्याली आयोजना गर्दै आएका छौँ,’ उनले भने ‘यस वर्षपनि हामीले त्यसैलाई निरन्तरता दिएका हौँ।’ मोटर र्यालीको सबै तयारी अन्तिम चरणमा पुगेको उनले बताए।































प्रतिक्रिया