बीवाईडी एट्टो ३ मा ठूलो टचस्क्रिनदेखि नयाँ अलोय ह्विलसम्म

बीवाईडी एट्टो ३ मा ठूलो टचस्क्रिनदेखि नयाँ अलोय ह्विलसम्म

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । केही दिन पहिले सार्वजनिक भएको बीवाईडी २०२४ मोडलको बीवाईडी एट्टो ३ मा एक्सटेरियर र इन्टेरियरमा व्यापक परिवर्तन गरिएको छ। नयाँ एट्टो ३ मा बीवाईडी सिल सेडानमा प्रयोग भएको ठूलो १५.६ इन्चको रोटेटिङ टचस्क्रिन प्रयोग भएको छ। साथै यसमा १८ इन्चको नयाँ डिजाइनका अलोय ह्विल प्रयोग भएको छ।

डिजाइन र स्टाइलिङ तथा मेकानिकलमा खासै परिवर्तन नगरे पनि २०२४ एट्टो ३ मा नयाँ कस्मस ब्ल्याक कलर अप्सन थप भएको छ। क्रोम विन्डोको सटा ग्लस ब्ल्याक ट्रिम प्रयोग भएको छ जसमा सिल्भर डी पिलर राखिएको छ। यो एसयुभीमा १८ इन्चको एलो ह्विल राखिएको छ र बुट लिडमा प्रयोग भएको विल्ड योर ड्रिम लोगोलाई छोट्याएर बीवाईडी मात्र लेखिएको छ। नयाँ टायर पहिलेको भन्दा चौडा छ जसले ह्यान्डलिङ र पर्फमेन्सलाई अझ राम्रो बनाउनेछ।

एट्टो ३ को सबैभन्दा ठूलो परिवर्तन इन्टेरियरमा गरिएको छ। यसमा पहिले १२.८ इन्चको टचस्क्रिन प्रयोग भएको थियो अब भने १५.६ इन्चको रोटेटिङ टचस्क्रिन प्रयोग हुनेछ जुन भर्खरै लन्च गरिएको बीवाईडी सिलमा प्रयोग भएको थियो। नयाँ इन्फोटेनमेन्ट सिस्टमले सुधारिएको भिजिविलिटी र रेस्पोन्समार्फत युजर इन्टरफेसलाई अझ राम्रो बनाउनेछ। नयाँ कलर स्किममा ब्ल्याकसहित डार्क ब्लु हुनेछ। साथै यसको इन्टेलिजेन्ट स्टार्ट सिस्टमका कारण ड्राइभरले ब्रेक पेडललाई थिच्ने वित्तिकै स्टार्ट गर्न सक्नेछ।

Logo