३३ लाख पर्ने विंगो ईभी नेपाल भित्रिदैँ

३३ लाख पर्ने विंगो ईभी नेपाल भित्रिदैँ

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । ईभी विंगो चाँडै नेपाल आउने भएको छ। चिनियाँ अटो निर्माता वुलिङले इन्डोनेशियामा उत्पादन गरेको ह्याचब्याक ईभी विंगो चाँडै नेपाल आउने भएको हो।

एमजी गाडी बिक्री गर्दै आएको पारामाउन्ट मोटर्सले सो नयाँ कार नेपाल ल्याउन लागेको बताइएको छ। विंगो सम्भवतः आर्थिक वर्षको बजेट अगावै नेपाल आउने कम्पनीले जनाएको छ। कम्पनीले यसको मूल्य ३२ लाख ९९ हजार पर्ने बताएको छ।

नेपाल आउने सो नयाँ कारमा ३१.९ किलोवाट आवरको लिथियम फेरो–फस्फेट ब्याट्री जडान गरिएको छ। जसलाई एकपटक फुल चार्ज गर्दा ३३० किलोमिटर रेन्ज दिने दावी छ । साथै कारमा ५० किलोवाट क्षमताको पिएमएसएम मोटर राखिएको छ। उक्त इलेक्ट्रिक मोटरले ६७ पिएस पावर र १५० एनएम टर्क जेनेरेट गर्दछ । कारको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा छ।

फ्रन्ट ह्विल ड्रइभ सिस्टम भएको सो नयाँ कारलाई एसी चार्जरको साहयतामा ५.५ घण्टामा २० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने फास्ट चार्जरले ३५ मिनेटमै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

डुअल टोन फिनिसिङका साथ क्लासिक लुक्स दिइएको विंगोमा पूर्णत एलईडी लाइट राखिएको छ। कारमा १०.२५ इन्चको दुईवटा डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, सेरामिक ग्लेज इन्टेरियर, डुअल फ्रन्ट एयरब्याग, अटोमेटिक होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ, एबिएस, ईबीडी, ईएसी र क्रुज कन्ट्रोल लगायत फिचर पाउन सकिने कम्पनीले बताएको छ।

Logo