सेल्सवेरीले अब अत्याधुनिक शाखाबाट सेवा प्रदान गर्दै

सेल्सवेरीले अब अत्याधुनिक शाखाबाट सेवा प्रदान गर्दै

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । देशभर विभिन्न ३२ वटा शाखामार्फत् सेवा दिँदै आएको सेल्सवेरीले अब अत्याधुनिक शाखाबाट सेवा प्रदान गर्न थालेको छ।

गुणस्तरीय सामान, उचित तथा उत्कृष्ट ग्राहक सेवालाई आफ्नो मूलमन्त्र बनाई विगत ३० वर्षदेखि चेन डिपार्टमेन्टल स्टोरका रुपमा संचालित सेलवेज ग्रुप अन्तर्गत रहेर व्यवसाय सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ।

कम्पनीले शुक्रबारदेखि सेल्सवेरी अत्याधुनिक भवनमार्फत् सेवा प्रदान गर्न लागेको जनाएको छ। “देशले समय समयमा भोग्दै आएको विषम परिस्थितिमा आफ्नो सहयोगमार्फत् राज्यसँग हातेमालो गर्दै आएको छ। यसै क्रममा सेल्सवेरीले महाराजगन्ज काठमाडौंमा अन्तराष्ट्रियस्तरको अत्याधुनिक भवनबाट सेवा प्रदान गर्न थालेको छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सो भवनमा बाल मनोरञ्जनका सुविधा, स्पा, ज्याकुजी, स्विमिङ पूल, तथा विभिन्न स्वेदशी तथा विदेशी खानाहरुको सेवा, सुविधासहितको विश्व स्तरीय रेष्टुरेन्टसहित स्वेदशी एवम् अन्तर्राष्ट्रिय गुणस्तरीय सामानहरु उचित मूल्यमा उपलब्ध भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त भवनमा चार तला बेसमेन पार्किङ रहेको छ। भुइँतला देखि छैठौँ तलासम्म डिपार्टमेन्टल स्टोर रहेको छ भने सात र आठ तलामा कार्यालय रहेको छ। त्यसैगरी बाँकी तीनवटा तलामा जिम, फिटनेस, स्पा, रेष्टुरेन्टलगायतका रहेका छन्।

बाह्रौँ तलामा स्विमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफी लाउन्ज रहेको छ भने तेह्रौँ तलामा भ्यू टावर रहेको छ। काठमाडौं महाराजगन्जको सेल्सवेरी टावर तथा कालिमाटी ट्रेड सेन्टरको सुरुवातको अवसरमा लक्की ड्रमार्फत् बम्पर पुरस्कार राखिएको छ।

एमजीको ईभी कार प्रथम पुरस्कार रहेको छ भनेस्कुटर तथा अन्य पुरस्कार पनि राखिएको छ। यसै वर्षको अन्त्यसम्ममा सेल्सवेरीले पोखराका थप ६ स्थानमा शाखा सञ्चालनको तयारी गरेको छ।

Logo