काठमाडौं । बजाजले अहिलेसम्मकै शक्तिशाली पल्सर एनएस ४०० जेड सार्वजनिक गरेको छ।
स्ट्राइक हेडल्याम्पको साथ स्पोर्टी डिजाइनमा तयार पारिएको सो बाइकमा थन्डरबोल्ट शैलीको एलईडी डिआरएलएस र प्रोजेक्टर लाइट रहेको छ। सो नयाँ बाइकमा मस्कुलर फ्युल ट्यांक, ट्यांकको दुबै साइडमा एनएस डिकल, टु पिस स्टेप सिट र ४०० डिकल भएको सानो चिन फेयरिङ दिइएको छ।
बाइकमा ब्लुटुथ कनेक्टिभिटी सपोर्ट गर्ने डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल जडान गरिएको छ। जहाँ राइडरले आफ्नो स्मार्टफोनलाई कनेक्ट गरी टर्न–बाई–टर्न नेभिगेसन, आगमन कल, मिस्ड कल र एसएमएस अलर्टहरू जस्ता सुविधाहरू प्रायोगमा ल्याउन सक्छन्।
यसमा चारवटा राइड मोडहरु रोड, रेन, स्पोर्ट र अफ–रोड दिइएको छ। साथै स्वीच गर्न मिल्ने ट्रयाक्सन कन्ट्रोल र डुअल च्यानल एबीएस समेत पाउन सकिन्छ। सो नयाँ बाइकमा ४३ एमएमको अपसाइड–डाउन फोर्क र एड्जस्टेवल प्रिलोडका साथ ग्यास चार्ज गरिएको मोनो–शक सस्पेन्सन दिइएको छ।
बजाजले यसमा डोमिनार ४०० मा जडान गरिएको ३७३ सिसी इन्जिन उपलब्ध गराएको छ। उक्त इीन्जनले ८ हजार ८०० आरपिएममा ३९.४ बिएचपी पावर र ६ हजार ५०० आरपिएमममा ३५ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई असिस्ट र स्लिपर क्लच मार्फत ६ स्पीड गियरबक्ससँग जोडिएको छ।
बाइकको मूल्य १ लाख ८५ हजार भारतिय रूपैयाँ तोकिएको छ।





























प्रतिक्रिया