सूर्यज्योति लाइफको १६औँ वार्षिक साधारण सभा सम्पन्न

सूर्यज्योति लाइफको १६औँ वार्षिक साधारण सभा सम्पन्न

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औँ वार्षिक साधारणसभा शुक्रबार विराटनगरमा सम्पन्रन भएको छ।

होटल हैरिसन प्यालेसमा सम्पन्न भएको साधारणसभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लेखा परीक्षकको प्रतिवेदनसहित गत वर्ष पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को मिति २०७९ साल पौष ६ गतेको नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्नुका साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लेखा परीक्षकको प्रतिवेदनसहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को नाफारनोक्सान हिसाव, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ।

सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।

यस्तै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्मान चुक्ता पूँजी चार अर्ब चौवन्न करोड पचपन्न लाख बहत्तर हजार एक सयको १०.२६ प्रतिशतका दरले हुने रकम छयालिस करोड त्रिसठ्ठी लाख पचहत्तर हजार छ सय सन्तानब्बे र पैसा छयालिस बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस शेयर वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गरी ५,०१,१९,४७,७९७.४६ पुर्याउने प्रस्ताव पारित गर्नुका साथै हाल कायम चुक्ता पूँजी ४,५४,५५,७२,१०० को २४.७४ प्रतिशतका दरले हुने रकम १,१२,४५,७४,५३७.५४ नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको कम्पनीले जनाएको छ।

साधारणसभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए। सभामा कम्पनीका सञ्चालक, शेयरधनी, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका पदाधिकारीलगायतका व्यक्तित्वहरूको उपस्थिती रहेका थिए।

Logo