‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’का विजेतालाई पुरस्कार वितरण

‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’का विजेतालाई पुरस्कार वितरण

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । टिभिएसले ֹ‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ।

नयाँ वर्षको स्किम अन्तर्गत ग्राहकलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधाको साथ साथै हरेक हप्ता १००% क्यास ब्याक, एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप मुल्यांकन र बजारकै सबैभन्दा कम सजिलो फाइन्यान्स सुविधा जस्ता आकर्षक अफरहरु उपलब्ध गराएको थियो।

यो योजना अन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरिदमा ५० हजार पुरस्कार जितेका छन्। त्यसैगरि, सपना सापकोटाले एनटर्क रेस ऐडिशन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा सय प्रतिशत क्यासब्याक प्राप्त गरेका छन् भने रामबहादुर राणाले रेडरको खरिदमा ५० हजार पुरस्कार जितेको कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो।

Logo