सिप्रदियनले गर्यो विद्यालय भवन मर्मतका लागि आर्थिक सहयोग

सिप्रदियनले गर्यो विद्यालय भवन मर्मतका लागि आर्थिक सहयोग

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । सिप्रदीयन सहायता संस्थाले पर्वतको एक विद्यालयलाई भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ। सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाले पर्वतमा रहेको तुलोदय माध्यमिक विद्यालयलाई भवन मर्मतका लागि ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रम सिप्रदीयन सहायता संस्थाको कार्यसमिति सदस्य शारदा राणा तथा संस्थाका आजिवन सदस्य सावन्त जंग सिजापति तथा संस्थाको प्रतिनिधि रजत श्रेष्ठ र बिमल गौतमको उपस्थितिमा विद्यालयको व्यवस्थापन समिति अध्यक्ष बिशाल महतलाई हस्तान्तण गरेको संस्थाले जनाएको छ।

सिप्रदीयन सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो। यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ।

Logo