मेगा बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता

मेगा बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

मेगा बैंक नेपाल र युनाइटेड इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

यो सम्झौतापछि मेगा बैंकका ग्राहकले घर, गाडी, उद्योग व्यावसाय, स्टक लगायतका निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकलाई सुविधा हुने मेगा बैंकको विश्वास छ । ग्राहकले मेगा बैंकका देशभरिका शाखाबाट युनाइटेड इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

Logo