ओम बैंक र सूर्या लाईफबीच सम्झौता

ओम बैंक र सूर्या लाईफबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौंं,

ओम डेभलपमेन्ट बैंक र सूर्या लाईफ इन्स्योरेन्स बीच बैंकान्सुरेन्स सहमति भएको छ ।

सहमतिमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी शिव नाथ पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौतामा बैंकले आफ्नो ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यबस्था गरिने भएको छ ।

यस सम्झौता मार्फत बैंकका ग्राहकले बैंकका ५३ शाखाबाट सबै प्रकारका जीवन बीमा लेख प्राप्त गर्दै आबश्यक परेको समय दाबी भुक्तानी सहजरुपमा लिन सक्नेछन् । सम्झौताले ओम डेभलपमेन्ट बैंकको ग्राहकलाई बैकिङ तथा बीमा एकद्धार प्रणालीबाट प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

Skip This
Skip This
Logo