सहकारीले सङ्कलित पूँजीको उचित परिचालन गरेनन् : रजिष्ट्रार घिमिरे

सहकारीले सङ्कलित पूँजीको उचित परिचालन गरेनन् : रजिष्ट्रार घिमिरे

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी सङ्कलन गर्ने साधनका रुपमा प्रयोग गरिएको बताएका छन्। बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को आयोजनामा भएको गोष्ठीमा बोल्दै घिमिरेले सहकारीले सदस्यबाट सङ्कलित पूँजीको उचित परिचालन गर्न नसक्दा समस्या भएको बताए।

‘सहकारी क्षेत्रको विद्यमान समस्या, समाधानमा सदस्य र समितिको भूमिका’ विषयक आज कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले लेखा सुपरिवेक्षण समिति सहकारीको ‘वाच डग’का रुपमा रहनुपर्ने उल्लेख गरे। लेखा समितिले संस्थाको सुपरिवेक्षण प्रभावकारी रुपमा गर्नुपर्ने उनको भनाइ छ। सहकारी क्षेत्रलाई समाजवादउन्मुख अर्थतन्त्र निमार्णका लागि संविधानले अङ्गीकार गरेको छ। अहिले सहकारीमा नीतिगत तथा संस्थागत संरचनाका समस्या धेरै देखिएको उनको बुझाइ छ।

“अर्र्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान छ। मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब चार प्रतिशत योगदान छ तर आफ्नै कारणले सहकारी समस्यामा छ”, उनले भने, “सहकारीमा आन्तरिक समस्या धेरै छन्। लेखा समितिले जिम्मेवारी बहन नगर्ने, बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने, कानुन कार्यान्वयनमा उदासीनता, संस्थागत, कार्यगत समस्या र प्रभावकारी नियमन अभावले सहकारी पिरोलिएका छन्।”

उनका अनुसार कोभिड–१९ सँगै विश्वमा आएको महामारीपछि भाखा नाघेका कर्जा असुलीमा समस्या, बिना धितो कर्जा प्रवाह, ऋण जोखिममा ध्यान पु-याउन नसक्दा सहकारीमा समस्या देखिएको हो।

समस्या समाधानका लागि सैद्धान्तिक मूल्य मान्यताप्रति प्रतिबद्ध हुँदै, सहकारी संस्थाका लेखा सुपरिवेक्षण समिति र सदस्यहरुले खबरदारी गर्नुपर्नेमा घिमिरेको जोड छ।

Skip This
Logo