आगामी बजेटले अर्थतन्त्र चलायमान हुन्छ, नागरिक उत्साहित हुनेछन: अर्थमन्त्री पुन

आगामी बजेटले अर्थतन्त्र चलायमान हुन्छ, नागरिक उत्साहित हुनेछन: अर्थमन्त्री पुन

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटले अर्थतन्त्र चलायमान बनाउने र आम नागरिकको आशा जगाउने बताएका छन्।

बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको प्रि–बजेट छलफलमा उनले देशको अवस्था गतवर्ष भन्दा राम्रो रहेको भन्दै बजेटमार्फत अर्थतन्त्र सुधारको वातावरण बनाउने बताए।

उनले भने, ‘देशलाई उचित हुने, नीजि क्षेत्रलगायतलाई राम्रो हुनेगरी काम गर्छौं। यो भन्दा अरु विकल्प थिएन भन्ने खालको बजेट निर्माण गर्न खोजिरहेका छौं। देशको आर्थिक अवस्था चलाएमान बनाउनका लागि केही स्थानमा बोल्ड निर्णय पनि लिुनपर्ने छ। हामीले समग्र बजेटमा अर्थतन्त्र चलायमान बनाउने आशा जगाउन सकिन्छ भन्ने विश्वास छ। त्यो वातावरण बनाउने प्रयासमा छौं।’

उनले जति समय मन्त्रालयमा बसेपनि देश, नीजि क्षेत्र र जनताको हितमा काम गर्ने आफ्नो प्रतिबद्धता रहेको पनि बताए। उनले वित्तीय र मौद्रिक नीतिमा तालमेल मिलाउनुपर्ने सुझावमा आफू सहमत रहेको भन्दै यसपाली नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोमा नजाने विश्वास व्यक्त गरे।

उनले भने, ‘वित्तीय नीति र मौद्रिक नीतिको एकरुपता हुनुपर्छ भन्ने कुरा आयो त्यसमा हामी कटिबद्ध छौ र छलफल पनि गरिरहेका छौं। किनभने धेरै टाढाको निकाय होईन्, एउटा कार्यगत स्वायतता पाएको निकाय हो, दिनदिनैका काममा सबैले चासो लिनु पर्छ। यसपटकको राम्रो चाही नीति कार्यक्रम एकातिर लाग्ने बजेट अर्को तिर र मौद्रिक नीति तेस्रो बाटो लाग्ने र बाटो फरक फरक यस्तो खाले हुदैँन्।’

आर्थिक र प्रशासनिक विषयहरुका कारण नीजि क्षेत्रको मनोबल कमजोर भएको सन्दर्भमा अर्थमन्त्री पुनले सबै मनोबल उठाउने गरी काम गर्ने प्रतिबद्धता जनाए। ‘सम्पत्ति, परिवार र व्यवसायको सुरक्षा हुन्छ भन्ने कुरामा म विश्वस्त दिलाउन चाहन्छु। मनोबल कायम गर्ने कोशिसमा छौं। सरकारको तर्फबाट कमी भएको स्थानलाई सहज बनाउछौ,’ उनले भने।

सरकारले कुनै पनि निर्णय एक्लै नगर्ने उल्लेख गर्दै मन्त्री पुनले नीजि क्षेत्रको सहभागिता विना कुनै पनि कानुनहरु बन्न नसक्ने बताए।

Skip This
Logo