सूर्यज्योति लाइफले ल्यायो डाइनामिक क्यूआर सेवा

सूर्यज्योति लाइफले ल्यायो डाइनामिक क्यूआर सेवा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सूर्यज्योति लाइफले सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डाइनामिक क्यूआर सेवा संचालनमा ल्याएको छ।

डाइनामिक क्यूआरको उपयोगले बीमितले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्ने र उक्त भुक्तानीको विवरणसहित अन्य विवरण मोबाईल एपमार्फत हेर्न मिल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

डाइनामिक क्यूआरमा विभिन्न बैंकको नियमानुसार अधिकतम ३ लाखसम्मको भुक्तानी गर्न मिल्ने सुविधा रहेको र फोनपेको माध्यम प्रयोग गर्ने कुनैपनि बैंक, सहकारी वा कनेक्ट आइपीएसलगायत अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री भन्छन्,‘अरु क्षेत्रमा डाइनामिक क्यूआर पहिलेदेखि नै प्रचलनमा भएपनि जीवन बीमाक्षेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकका लागि फरकफरक क्यूआर बन्ने र भुक्तानी गर्नासाथ आफैँ सिस्टममा अपडेट हुने यसको विशेषता हो । यस डाइनामिक क्यूआरको मद्दतले सेवाग्राहीहरुले घरमै बसी आफ्नो मोबाईल अथवा सूर्यज्योति लाइफको वेबसाईटमार्फत आफ्नो विवरण भरि डाइनामिक क्यूआर प्राप्त गर्ने र सो डाइनामिक क्यूआर स्कायन गरि छिटो छरितो रुपले बीमाशुल्क भुक्तानी गर्न सक्नुका साथै भुक्तानीको विवरण सेवाग्राहीहरुले तुरुन्तै म्याजेसमार्फत प्राप्त गर्न सक्नुहुनेछ।’

Skip This
Logo