सिप मेलामा सहभागी प्रशिक्षार्थीको सिप विकास परीक्षण सहरी योजना आयोगले गर्ने

सिप मेलामा सहभागी प्रशिक्षार्थीको सिप विकास परीक्षण सहरी योजना आयोगले गर्ने

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । टुँडिखेलमा सञ्चालन भइरहेको सिप मेलामा तालिम लिइरहेको व्यक्तिहरुले प्राप्त गरेको सिपलाई सहरी योजना आयोगले परीक्षण गर्ने भएको छ ।

तालिमबाट श्रम बजारमा पठाउन योग्य जनशक्ति उत्पादन सुनिश्चित गर्न आयोगले विज्ञसहित अनुगमन गरेर प्रशिक्षार्थीहरुको सिप परीक्षण गर्न लागेको हो ।

सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले सिप विकास तालिमका प्रचलित सूचक र योग्यता निर्धारण विधिको प्रयोग गरेर परीक्षण गरिने बताए । ‘तालिम कार्यक्रम चलाउनका लागि होइन, यो नतिजाका लागि हुनुपर्छ, तालिम लिने व्यक्ति, आफ्नो क्षमता कागजमा होइन, व्यवहारमा देखाउन सक्ने हुनुपर्छ, यसका लागि सिप परीक्षण गर्ने योजनामा छौं,’ उनले भने ।

तालिम प्राप्त गरेका व्यक्तिहरु काम गर्न निपूर्ण हुनुपर्ने उल्लेख गर्दै यसका लागि प्राप्त ज्ञान र प्रयोगात्मक सिपको मापन हेर्ने पनि बताए । उपाध्यक्ष राजभण्डारीले प्रशिक्षकबाट प्रशिक्षण सहजता, प्रशिक्षार्थीबाट सिकेको सिप र प्राप्त ज्ञानका बारेमा जानकारी लिएका थियो ।

Skip This
Logo