विश्वका ४० देशमा फैलिएको वाइ वाइ, यसकारण गुणस्तरमा पनि अब्बल [भिडियाेसहित]

विश्वका ४० देशमा फैलिएको वाइ वाइ, यसकारण गुणस्तरमा पनि अब्बल [भिडियाेसहित]

केन्द्रबिन्दु
56
Shares

स्वदेशी उत्पादन वाइवाइ चाउचाउ नेपालमा मात्र नभई विश्वका धेरै मुलुकहरूमा लोकप्रिय छ । विश्व प्रख्यात ब्रान्डका रुपमा स्थापित भइसकेको वाइवाइ चाउचाउ चौधरी ग्रुप अन्तर्गतको सिजी फुड्सले उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

नेपालमा वि.सं. २०४१ सालबाट उत्पादन सुरु हुन थालेको वाइवाई अहिलको अवस्थासम्म आइपुग्दा फड्को भने लोभलाग्दो छ ।

सीजी ग्रुपका अनुसार अहिले विश्वका ४० वटा देशमा वाइवाइ चाउचाउ निर्यात भइरहेको छ । कम्पनीले विश्वव्यापी वार्षिक ३ अर्ब बढी प्याक चाउचाउ बिक्री गर्दै आएको छ । जसको वृद्धिदर २० प्रतिशत भन्दा बढीले रहेको सिजी फुड्सले जानकारी दिएको छ ।

वाईवाई भारतमा पनि प्रशंसित नूडल्स ब्रान्डको रुपमा स्थापित छ । भारतमा वाइवाइको २७ प्रतिशत बजार हिस्सा रहेको बताइएको छ । भारतमा मात्र नभई अन्य मुलुकमा पनि वाइवाइ चर्चित नै छ ।

नेपालकै सबैभन्दा ठूलो चाउचाउ कम्पनी वाइवाईको नेपाली बजार हिस्सा करिव ६५ प्रतिशत ओगटेको छ । सिजी फुड्सले आगामि दिनमा वाइवाइको सञ्जाल विस्तार गर्दै जाने योजना बनाएको छ भने विभिन्न देशमा प्लान्टको जडान गरी उत्पादन गरेर सहज तरिकाले अन्य मुलुकमा पनि वाइवाइ पुर्याउने लक्ष्य राखेको छ । नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै गुणस्तरलाई कायम गरी उत्पादन हुँदै उपभोक्ताका बिच पुगेको वाइवाइ चाउचाउ सम्भवतः सबैले पक्कै खानु भएको होला । दैनिक १५ लाख बढी प्याकेट उत्पादन गर्दै आएको चौधरी ग्रुपले नेपाली बजारमा यि चाउचाउको कारोबार वार्षिक डेढ अर्ब रुपैयाँ बढी हुने बताउँदै आएको छ ।

गुणस्तर व्यवस्थापन प्रमाणपत्र अर्थात (आईएसओ २२०००) प्राप्त वाइवाइ कम्पनीले गुणस्तर चाउचाउ उत्पादन गर्नमा कुनै कसुर बाँकी राखेको छैन । वाइवाइको आफ्नै टोटल क्वालिटी म्यानेजमेन्ट सेन्टर छ । जसले वाइवाइको गुणस्तरमा पनि नम्बर वान छ भन्ने पुष्टि गर्छ ।

गुणस्तर मापदण्डका पूरा गर्नको लागि खाद्यय प्रविधिकहरुले वाइवाइको गुणस्तर नियमित परीक्षण गर्ने गरेको पनि सीजी ग्रुपले बताउँदै आएको छ । वाइवाईको गुणस्तरबारे भ्रममा नपर्न कम्पनीले बताएको छ ।

वाइवाइ चाउचाउप्रति नेपाली सहानुभूति राखेका छन् । जसले गर्दा वाइवाइलाई रुचाउने नेपालीको मनमा वाइवाइले उत्कृष्ट छाप छोड्न सफल छ । सिजी फुड्सले वाइवाईको छिटै आईपीओ जारी गर्ने बताएका छ । एकपछि अर्को गर्दै फड्को मारेको स्वदेशी उत्पादन वाइवाइले आइपिओ निष्कासन पछि पब्लिक कम्पनी बन्ने छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले केही दिन अघि मात्र सामाजिक सञ्जाल मार्फत वाइवाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर रहेको बताएको थिए । खाद्य प्राविधिकहरूले वाइवाइको गुणस्तर नियमित जाँच गर्ने पनि उनले बताएका छन् । आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति वाइवाइ दृढ रहेको पनि उनको भनाइ छ । उनले आम उपभोक्तालाई भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

Skip This
Logo