काठमाडौं
एनएमबि बैंकले विदेशबाट फर्केका नेपाली युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । बैंकले आगामी १ वर्षमा १ हजार योग्य युवालाई कर्जा उपलब्ध गराउने उद्देश्यले युवा परिषद् र रिटर्नी माइग्रेन्टसँग त्रिपक्षीय सम्झौता गरेको हो ।
नेपाल सरकारको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुरूप प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।
मंगलबार आयोजित एक कार्यक्रमबीच त्रिपक्षीय सहमतिपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी, रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारी तथा राष्ट्रिय युवा परिषद्का कार्यकारी अपाध्यक्ष माधव ढुंगेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवाले रिटर्नी माइग्रेन्ट नेपालको सिफारिस तथा युवा परिषद्को समन्वयमा विभिन्न व्यवसाय गर्नका लागि बैंकबाट कर्जा पाउनेछन् । कृषि, पर्यटन, वन, जडीबुटी, खनिज लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिए ।
बैंकले राष्ट्र बैंकको कार्यविधि अनुसार करिब ७ प्रतिशत सम्म कर्जा उपलब्ध गराउने बैंकका अध्यक्ष पवनकुमार गोल्यानले जानकारी दिए ।





























प्रतिक्रिया