मान्छेका कारण १० लाख जीव पृथ्वीबाट लोप हुने खतरामा

मान्छेका कारण १० लाख जीव पृथ्वीबाट लोप हुने खतरामा

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । पृथ्वीका झन्डै १० लाख जीव लोप हुने खतरामा पुगेका छन् । राष्ट्रसंघीय प्रतिवेदनले मानिसका कारण १० लाख जीप लोप हुने खतरामा पुगेको चेतावनी दिएको छ । मानव जातिले गरिरहेको आधुनिक सभ्यताको विकासले प्राकृतिक दुनियाँमा पारेको प्रभावले र आर्थिक वृद्धिको मुर्खतापूर्ण खोजीले जीवको अस्तित्व खतरामा पुगेको उल्लेख गरिएको छ।

वैज्ञानिकहरूले संसारभरका सरकार र व्यावसायिक घरानालाई पृथ्वीको जैविक प्रणालीलाई जोगाउनका लागि आफ्ना निहित स्वार्थ त्याग्न आग्रह गरेका छन्। ‘यदि हामी हाम्रा सन्तानलाई मानवीय क्रियाकलापले थिलोथिलो नभएको पृथ्वी दिन चाहन्छौं भने त्यसका लागि काम गर्ने बेला अहिले नै हो,’ उक्त अध्ययनको नेतृत्व गरेका रोवर्ट वाटसनले भने, ‘यदि हामीले अहिले काम गरेनौं भने डोडो (एक प्रकारको चरा) जस्तै लाखौं जीव लोप हुनेछन्।’

अमेरिका, रूस र चीनलगायत १३० देशका अधिकारी इन्टर गभर्नमेन्टल साइन्स पोलिसी प्ल्याटर्फम अन बायोडाइभर्सिटी एन्ड इकोसिस्टक सर्भिसेजले उक्त प्रतिवेदन तयार पारेको हो। उक्त प्रतिवेदनमा ८० लाख प्रजातिका रूखविरूवा, किरा फट्यांग्रा र जनावरहरूमध्ये १० लाख लोप हुने खतरामा छन्।

तीमध्ये केही त एक दशकभित्र लोप हुन सक्ने चेतावनी दिईएको छ । औद्योगीक खेतीपाती र माछा मार्ने कामले जीव लोप हुने सम्भावनालाई १ करोड वर्षअघिको भन्दा हजारौं गुणा बढाइदिएको प्रतिवेदनमा उल्लेख छ । विश्वव्यापी मूल्यांकन अनुसार २५ प्रतिशत जीवजन्तु र रुखबिरुवा जोखिममा छन् ।

कोइला बाल्दा, फोसिल फ्युल निकाल्दा निस्कने र तेल र ग्यासले भइरहेको जलवायु परिवर्तनले धेरै जीवजन्तु मर्ने क्रम बढाएको छ।अमेरिकाको इन्डियाना विश्वविद्यालयका एडुआर्डो ब्रोन्डिजियोले पृथ्वीमा रहेका ५ लाखभन्दा बढी प्रजातिहरूले आफ्नो जीविकाका लागि बासस्थान बनाउन पर्याप्त जमिन नपाएको बताए।

मानिसका क्रियाकलापले ५० वर्षयताकै गहिरो संकट निम्तिएको प्रतिवेदनमा उल्लेख छ। सन् १९७० को तुलनामा संसारको जनसंख्या हाल दोब्बर भएको छ भने विश्व अर्थतन्त्र ४ गुणा बढेको छ। त्यसैगरी अन्तर्राष्ट्रिय व्यापार १० गुणाले बढेको छ।

जीवजन्तु वा रुखबिरुवा जोगाउनुपर्ने मात्र नभई मानिसको जीवनयापनका लागि आवश्यक पर्ने अन्य वस्तुको संरक्षण गर्न समेत प्रतिवेदनले सुझाव दिएको छ ।

Skip This
Skip This
Logo