काठमाडौं
एनआईसी एसिया बैंकले काठमाडौं महानगरपालिका– २६, मा नयाँ शाखा खोलेको छ । उक्त शाखाको सोही वडाका वडा अध्यक्ष ख्यामराज तिवारीले उद्घाटन गर्नुभयो ।
बैंकको मुलुकभर २८२ शाखा कार्यालय छन् । त्यस्तै यो २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवम् २५ वटा शाखारहित बैंकिङ इकाई मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको छ ।
बैंकले करिब १६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया