एसइई दिएका विद्यार्थीका लागि टेलिकमको अफर

एसइई दिएका विद्यार्थीका लागि टेलिकमको अफर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल टेलिकमले एसइई दिएका र अन्य विद्यार्थीलाई लक्षित गरी विद्यार्थी अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत विद्यार्थीलाई ५० रुपैयाँ टकटाइम भएको सिम निःशुल्क उपलब्ध गराइने टेलिकमले बताएको छ ।

रकम मध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिनेछ भने बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ । सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नुपर्ने टेलिकमले जानकारी दिएको छ ।

यसका साथै अफर अन्तर्गत सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म प्रतिमहिना ४० मिनेट भ्वाइस कल, ६० एमबी डाटा र २० वटा एसएमएस बोनसका रूपमा उपलब्ध गराउने टेलिकमले बताएको छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ ।

त्यसैगरी अफर अन्तर्गतका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रिचार्ज गर्दासमेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध हुनेछ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा उपलब्ध हुनेछ । बोनस सुविधा ३ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।

अफर २०७६ असार २६ गतेसम्म उपलब्ध गराइनेछ । अफरअन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस १ वर्षसम्म उपलब्ध हुनेछ ।

एसइई दिएका विद्यार्थीले सो सिम लिन विद्यालयको आइडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ भने उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचयपत्रको प्रतिलिपि उपलब्ध गराउनुपर्ने कम्पनीले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo