हिरोकोे पहिलो लक्की ड्र विजेता घोषणा

हिरोकोे पहिलो लक्की ड्र विजेता घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौ

नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा ल्याएको ‘हिरोडपति नयाँ वर्ष योजना’ अन्तर्गत लक्की ड्रमा कुपन नं ९ डब्लुजे२ आर ६ का हरिभक्त पजपुरियाले एक लाख नगद जितेका छन् ।

यस योजना अन्तर्गत हिरोका मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले स्क्रयाचमा एक लाखसम्म डिस्काउन्ट पाउने कम्पनीले जनाएको छ । त्यस्तै लक्की ड्र अन्तर्गत १५ दिनमा एकजनाले एक लाखसम्म क्यास पाउने जारी विज्ञप्तिमा उल्लेख छ ।

सजिलो हिरो योजना अन्र्तगत हिरोका सबै मोटरसाइकल र स्कुटर किन्न उपत्यकाभित्र शून्य प्रतिशत डाउन पेमेन्ट र उपत्यकाबाहिर ५० प्रतिशत फाइनान्समा सुविधा उपलब्ध छ ।

Logo