बाथरुम सामग्रीहरुको ब्रान्ड रोका ग्रुपले नेपाली बजारमा आफनो व्यापारलाई बलियो बनाउदै लगेको छ । बजार विस्तारका क्रममा रोका ग्रुपले काठमाडौं, पोखरा र बुटवलमा चार वटा सोरुमहरु विस्तार गरेको छ ।
कम्पनीका प्रवन्ध निर्देशक केइ रंगनाथले रोका र पेरीवेयरका चार वटै सोरुमहरु उदघाटन गरे । सोरुमको उद्घाटन गर्दै रोका बाथरुपम प्रडक्टस प्रालिका प्रवन्ध निर्देशक केइ रंगनाथले नेपाली बजारमा उत्कृत्ट बाथरुम सामग्रीहरु भित्र्याउन कुनै कसर बाँकी नराख्ने बताए । उनले रोकाको उत्कृष्ट उत्पादनहरुको रुपमा रहेका फाइन सेरामीक, सुप्रलिट र सर्फेक्स जस्ता सामग्रीहरु नेपाली बजारमा ल्याउने बताए।
यी सोरुममा पेरीवेयरका प्रिमियम वाथरुम सामाग्रीहरु र रोकाका विश्वव्यापीस्तरका बाथरुम सामाग्रीहरु राखिएका छन् । व्यापारमैत्री स्कीमसँगै कम्पनीले नयाँ नयाँ उत्पादनहरु नेपाली बजारमा ल्याउने योजना बनाएको छ ।
रोका ग्रुपको पेरीवेयर भारतको नम्बर एक सेनेटरीवेयरको व्राण्ड हो । बजारको आवश्यकतालाई ध्यानमा राख्दै यी सोरुमहरुमा दुवै ब्रान्डका बेसीन, वाटर क्लोसेट, धारा, बाथटब, सावर, किचन सिंक र बाथरुम फर्निचर लगायतका सामग्रीहरु उपलब्ध छन् । कम्पनीले विश्वव्यापी स्तरका वाथरुम सामग्रीको नयाँ रेन्जहरु कार्मेन,वियोण्ड र इनसिग्निया समेत भित्र्याउने क्रममा रहेको हो ।
कम्पनीले वाटर क्लोसेट धाराहरु र सिंगल पीस ट्वाइलेटको प्रडक्टसमेत भित्राउने लक्ष्य लिएको छ ।
पेरीवेयर कस्तो ब्राण्ड हो ?
पेरीवेयर बाथरुम सामग्री उत्पादक गर्ने अग्रणी भारतीय कम्पनी हो । यो Roca India को फ्ल्यागसीप ब्रान्डको रुपमा रहेको छ । यो ग्रुप स्पेनको ठूलो र प्रतिष्ठत कम्पनी हो । ६० वर्षको इतिहास बोकेको पेरीवेयर भारतको अग्रणी ब्रान्डको रुपमा रहेको छ । नयाँ जीवनशैलीसँग मेल खान र सधै फेसनमा रहने ब्रान्डको रुपमा पेरीवेयर नयाँ नयाँ उत्पादनका साथ बजारमा आइरहेको छ । हाल यसको वितरण सन्जालमा भारतमा मात्र ७ हजार ८ सय भन्दा बढि वितरक र रिटेलरहरु रहेका छन् ।
रोका कस्तो ब्राण्ड हो ?
बाथरुम सामाग्रीको क्षेत्रमा डिजाइन, उत्पादन र बजारीकरण गर्ने कार्यमा यो ब्राण्ड संलग्न छ । साथसाथै आर्किटेक्ट तथा इन्टेरियर डिजाइनको क्षेत्रमा सेरामिक फ्लोर,टायल र वालटायलहरु उत्पादनहरुमा संलग्न रहेका छन् । सन् १९१७ मा बार्सिलोनाबाट रोका परिवारबाट सुरु भएको यस कम्पनीसँग अहिले ७८ वटा प्रोडक्सन प्लान्ट छन् भने २२ हजार ६ सय पेशाकर्मीहरु आवद्ध छन् । पाँच महादेशका १७० बजारमा यसको उपस्थिति रहेको छ ।





























प्रतिक्रिया