रसुवा
रसुवाबाट सात किलो सुन सहित एक जना पक्राउ परेका छन् । चीनको केरुङबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा लुकाईछिपाई सुन ल्याएको अवस्थामा सो परिमाणको सुन बरामद भएको हो ।
प्रहरीले चेकजाँच गर्ने क्रममा सुन सहित ट्रक चालक रसुवाकै नवकुण्ड गाउँपालिका–१ यार्साका शेर ग्याल्पो घलेलाई पक्राउ गरिएको हो । टिमुरेस्थित भन्सार कार्यालयमा शंका लागि जाँच गर्ने क्रममा प्रहरीले ७ किलो सुन फेला परेको थियो ।































प्रतिक्रिया