नेपाल युवा उद्यमी मञ्च काठमाडौंको छैठौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा अभिमन्यु

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको छैठौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा अभिमन्यु

केन्द्रबिन्दु
15
Shares

नेपाल युवा उद्यमी मञ्च काठमाडौँको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंको याक एन्ड यतिमा भएको साधारणसभामा मञ्चका नव–निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

साथै मञ्चका नवनिर्वाचित पदाधिकारीहरूले उद्यमशीलता प्रवद्र्ध्धन गर्न, नेपालका युवा र महिलाका लागि अवसर सिर्जना गर्ने विषयमा आआफ्नो भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।

प्रार्थना साखःको अध्यक्षतामा भएको कार्यक्रममा युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान कार्यक्रम, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा मञ्चका पहिलो उपाध्यक्ष आप्पा शेर्पा, दोस्रो उपाध्यक्ष अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यहरूमा क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल सहभागी थिए ।

Skip This
Skip This
Logo