नेपालमा आयो जल पाइप्स एण्ड फिटिङस

नेपालमा आयो जल पाइप्स एण्ड फिटिङस

केन्द्रबिन्दु
0
Shares

महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स बजारमा ल्याएको छ। कम्पनीले काठमाडौँमा एक कार्यक्रम आयोजना गरि नयाँ उत्पादन सार्वजनिक गरेको  हो  ।

अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन, जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर मनिषा कोइराला, जापानबाट आएका अतिथिहरुले ब्राण्डको नाम र टयागलाइन अनाउन्स गरि उत्पादन सार्वजनिक गरेका हुन् ।

जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर तथा अभिनेत्री मनिषा कोइरालाले जल पाइप्स एण्ड फिटिङस जस्तो ब्राण्डको अंग हुन पाएकोमा खुशी व्यक्त गरिन् । अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले पाइप र फिटिङस क्षेत्रमा काम गर्न खोजीरहेको बताउदै ग्राहकहरुको साथको अपेक्षा व्यक्त गरे।

जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिन्छ । उत्पादन उदेश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ ।

जल पाइप्स एण्ड फिटिङस अरिहान्त ग्रुपको विजनेश युनिट हो । अरिहान्त समूहका देशभर विभिन्न २२ वटा ब्यापारिक क्षेत्र ‘बिजनेस युनिट’मा संलग्न छ। जसमा अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोकोरुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उधोग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट लगायत हुन् ।

Logo