गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले सोमबार (बैशाख ९ गते) देखि आईपिओ जारी गरेको छ । कम्पनीले सर्वसाधारणलाई ३ करोड ३५ लाख बराबरको ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १५ सय कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले बैशाख १२ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।
गणपति माइक्रोफाइनान्सको अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्ता पूँजी रु.७ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.१० करोड ३५ लाख हुनेछ ।































प्रतिक्रिया