काठमाडौं । नेपालमा उद्यमशील समूहलाई सहयोग पुर्याउने उद्देश्यले बिमस्टार्ट र हाईपर्सले संयुक्त रूपमा उद्यमशीलता सम्बन्धी सम्मेलन आयोजना गर्ने भएका छन् । सम्मेलन आगामी साउन १८ गते ललितपुरस्थित पुल्चोकमा रहेको ‘द इन्ट्रान्स क्याफे’मा आयोजना हुने भएको हो ।
हालसम्म बीमस्टार्टले विश्वभर दुईसय भन्दा बढी कार्यक्रमहरू आयोजना गरिसकेको छ । जसले ५० हजारभन्दा बढी सहभागीहरूलाई एकठाउँमा समेटेको छ । त्यसैगरी यसपटक हुँदै गरेको उद्यमशीलता सम्मेलनमा पनि नेपालका निर्णयकर्ता, उद्यमी र यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूलाई समेट्ने योजना हाईपर्स र बिमस्टार्टको छ ।
आयोजककाअनुसार सहभागीहरूले गुणस्तरीय नेटवर्किङ, व्यवसायिक साथ–सहयोग प्राप्त गर्नेछन् । कुल ८० देखि सयजना सहभागी हुने अनुमान गरिएको कार्यक्रममा तीन जना बराबर एकजना निर्णयकर्ता हुने आयोजकको दाबी छ ।
यस सम्मेलनको लागि प्रायोजकको आह्वान पनि आयोजक संस्थाले गरेका छन् । जसबापत बुथको व्यवस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारण, मिडिया अन्तवार्ता र समाचार माध्यमबाट करिब २ लाख ५० हजार पाठक/स्रोतामाझ पुग्ग्ने दाबी आयोजकको छ ।
करिब एक लाख पचास हजारभन्दा बढी मानिसहरूलाई लक्षित समाचार विज्ञापनबाट लाभ पाउने हाईपर्स र बिमस्टार्टले प्रेस रिलिजमार्फत भनेको छ ।





























प्रतिक्रिया