रिद्धि सिद्धि सिमेन्टद्वारा “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इयर २०८१” छात्रवृत्ति कार्यक्रम सम्पन्न

रिद्धि सिद्धि सिमेन्टद्वारा “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इयर २०८१” छात्रवृत्ति कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
21
Shares

रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इयर २०८१” को छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकाे छ ।

आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरिएकाे यस छात्रवृत्ति कार्यक्रममा कुल १४५ विद्यार्थीहरु सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट रिद्धि सिद्धिले आयोजना गरेकोे यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगितामार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जिपिए ल्याएकी रितिका छत्कुलीलाई सम्मान स्वरूप नगद रु १०,००१ प्रदान गरिएको थियो । साथै कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००, दोश्रो हुनेलाई रु. ३५००, तेश्रो हुनेलाई रु. २५०० साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु.१५०० एक वर्षसम्म उपलब्ध गराउने भएकाे छ ।

यस कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाको गरिमामय उपस्थितिमा कार्यक्रम संचालन गरिएको थियो। मकवानपुर जिल्लाबाट एसईईमा उत्कृष्ट अंक ल्याउने सफल बिद्यालय बाल जागृति इंग्लिश बाेर्डिङ्ग स्कूलका प्रधानाध्यापक, जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञ तथा जिल्ला शिक्षा ईकाई समिति, हेटौंडा उपमहानगरपालिका वडा नं ५ तथा सम्पूर्ण संस्थाहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, बिद्यालयका प्रधान अध्यापक, शिक्षक बर्गहरुको उल्लेखनिय सहभागिता भएको थियो ।

Skip This
Skip This
Logo