हिमालय ऊर्जा विकास कम्पनी आईपिओ आज (मंगलबार) बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंङले दिउँसो १ बजे इन्द्रेणी ब्यानक्वेट, बानेश्वरमा शेयर बाँडफाँड गर्न लागेको हो ।
कम्पनीले चैत्र २० गतेदेखि १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । सर्वसाधारणले १३ लाख ६६ हजार २ सय कित्ता शेयरमा आवेदन दिएका थिए । आईपिओमा कुल ६९ हजार ७ सय ८ जनाले आवेदन दिएकोमा कुल ६९ हजार ६ सय ७० आवेदक शेयर पाउन योग्य रहेको नबिल इन्भेस्टमेन्टले जनाएको छ ।
शेयर निष्काशन गरिएको भन्दा बढीको आवेदन परेकोले सुरुमा सबै आवेदकलाई समान १० कित्ता शेयर बाँडफांड हुने छ । बाँकी रहेको शेयर गोलाप्रथाबाट १० कित्ताको दरले बाँडफांड हुनेछ । यस हिसाबमा ६६ हजार ९ सय ५० आवेदकले २० कित्ता शेयर र २ हजार ७ सय २० आवेदकले १० कित्ता शेयर पाउने छन् ।
कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।































प्रतिक्रिया