सेयर बजारमा छलाङ, १२ अर्बकाे काराेबार

सेयर बजारमा छलाङ, १२ अर्बकाे काराेबार

केन्द्रबिन्दु
21
Shares

नयाँ सरकारको अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेलको आगमन भएसँगै नेप्से परिसुचकले फड्को मार्ने क्रम जारी छ । आज नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो ।

आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ किता शेयर एक लाख ४९ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको हो । जुन कारोबार केही वर्ष यताकै उच्च रहेको बताइएको छ ।

आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै सात दशमलव ३० प्रतिशतले बढेको छ । आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन म्युचुअल फन्ड २ को सबैभन्दा धेरै नौ दशमलव ९० प्रतिशतले घटेको हो ।

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार आठ सय ८४ कित्ता सेयर किनबेच भनेको छ ।

पौडेल अर्थतमन्त्री बनेको भोलिपल्ट अर्थात् मंगलबार नेप्से परिसुचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा सीमित भएको थियो । नेप्से परिसुचक बढ्देमात्र नभई केही महिना यताकै कारोबार रकममा पनि रेकर्ड ब्रेक गरिरहेको छ । पौडेल अर्थमन्त्री भएरपछि बजारका लगानीकर्ता समेतर खुशी छन् ।

Logo