एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा साढे ९ करोड लगानी गर्ने

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा साढे ९ करोड लगानी गर्ने

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग ९ करोड ५० लाख रुपैयाँको लगानी सम्झौतामा हस्ताक्षर गरेको छ । एनआईबिएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र सेबोनद्वारा स्वीकृति प्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको एकाइ हो ।

३१ असार, २०८१ मा हस्ताक्षर भएको यस साम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुग्ध उत्पादनमा डेलिज डेरिजको लक्ष्यलाई पूरा गर्नको लागि मद्दत पुर्याउने अपेक्षा लिइएको छ । एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको छ ।

ʻडेलिज’ ब्राण्डको ग्रीकदहीले नबिनताको पहिचान दिएको छ भने ʻपञ्चमी’ ले स्थानीय नेपालीहरुको मन जित्न सफल भएको छ । यस लगानीले नेपाली बजारमा डेलिज ब्राण्डको स्थानलाई झनै मजबुत बनाउने भएको छ ।

एनआईएमबी एस क्यापिटल लिमिटेडका सीईओ शिवान्तबहादुर पाँडेलले सम्झौताका क्रममा एनआईबीएल इक्विटी पार्टनर्स डेलिज डेरीजसँग साझेदारी गर्न पाउँदा निकै हर्षित रहेको बताए । ‘डेलिज डेरिजको क्वालिटी, इनोभेसन र स्थानीय समुदायलाई सहयोग प्रदान गर्ने प्रतिबद्धता हाम्रो मिशनसँग पूर्ण रूपमा मेल खान्छ, यस लगानीले नेपाली उपभोक्ताहरूलाई फाइदा पुर्याउने, रोजगारी सिर्जना गर्ने र राष्ट्रको समग्र आर्थिक विकासमा सहयोग पुग्नेमा हामी ढुक्क छौं,’ उनले भने ।

यस्तै, डेलिज डेरिजका सह–संस्थापक तथा सीईओ सन्दीप पौडेलले एनआईबीएल इक्विटी पार्टनरको विशेषज्ञता र पूँजी निष्काशनले विकासको मार्गमा उल्लेखनीय भूमिका खेलेको बताए । यो साझेदारीले नेपालको अग्रणी दुग्ध उत्पादकको रूपमा रहेको यो स्थानलाई थप बलियो बनाउने उनको भनाइ छ ।

‘यस लगानीमार्फत स्वदेशमा उत्पादित विभिन्न प्रकारका चिज र उच्च गुणस्तरका दुग्ध उत्पादनसहित डेलिजलाई एउटा प्रख्यात ब्रान्डको रूपमा स्थापित गर्न सहयोग पुर्याउने कुरामा हामी विश्वस्त छौं,’ उनले भने ।

Skip This
Skip This
Logo