एकै वर्षमा नेपालीले किने सवा लाख पीस ल्यापटप, ट्याब्लेट कति ?

एकै वर्षमा नेपालीले किने सवा लाख पीस ल्यापटप, ट्याब्लेट कति ?

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपालमा पछिल्लोसमय ल्यापटप र नोटबुकका प्रयोगकर्ताहरूको संख्या बढ्दै गएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै अति आवश्यक रूपमा लिइएको उक्त विद्युतीय उपकरण प्रयोगका गर्ने संख्या वर्षेनी बढ्दै गएको देखिएको हो ।

ल्यापटप र नोटबुकका प्रयोगकर्ता बढ्दै गएपछि उक्त सामानको आयातले पनि बढ्दै गएको भन्सार विभागले जानकारी दिएको छ । विभागका अनुसार एकै वर्षमा नेपाल विभिन्न देशबाट १ लाख १५ हजार ८२६ पीस ल्यापटप र नोटबुक भित्रिएका छन् ।

गत आर्थिक वर्ष २०८०/०८१ को १२ महिनासम्मका उक्त विद्युतीय उपकरण भित्रिएका हुन् ।

नेपालमा ल्यापटप र नोटबुक सबैभन्दा बढी चीनबाट आयात भएकाे छ । उक्त देशबाट एक वर्षमै एक लाख १० हजार ४६९ पीस ल्यापटप र नोटबुक आयात भएको विभागले जानकारी दिएको छ ।

यस्तै, अर्जेन्टिना, अस्ट्रेलिया क्यामरुन, क्यानडा डेनमार्क लगायतका ४१ वटा मुलुकबाट ति उपकरण भित्रिएका छन् । ७ अर्ब ५० करोड ५७ लाख २६ हजार रुपैयाँ बराबरको उक्त उपकरण आयात हुँदा सरकारले १ अर्ब ७ करोड ३१ लाख ९३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

यसैगरी ट्याब्लेटको आयात पनि उच्च हुँदै गएको विभागले जानकारी दिएको छ । विभागको अनुसार एकै वर्षमा १९ हजार ३९५ पीस ट्याब्लेटको आयात भएको छ । ५० करोड ६८ लाख ७३ हजार रुपैयाँ बराबरको उक्त विद्युतीय उपकरण आयात हुँदा सरकारले ९ करोड ४६ लाख ६१ हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको विभागले बताएको छ ।

Logo