शेयरबजारमा नयाँ व्यवस्था, न्युनतम ५० कित्ताको सिमा हट्यो

शेयरबजारमा नयाँ व्यवस्था, न्युनतम ५० कित्ताको सिमा हट्यो

केन्द्रबिन्दु
0
Shares

थोरै पुँजी भएका वर्गलाई पनि पूँजीबजारमा पहुँच बढाउने उद्धेश्यले नेपाल धितोपत्र बोर्डले नयाँ व्यवस्था ल्याएको छ। नयाँ व्यवस्था अनुसार सार्बजनिक निष्काशनमा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने ब्यबस्था हटेको छ  ।

नयाँ ब्यबस्था अनुसार  सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्ता पनि आवेदन गर्न पाईने भएको छ। बोर्डले यस ब्यबस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निष्काशन तथा विक्री प्रबन्धक मर्चेन्ट बैंकरहरुलाई परिपत्र समेत गरिसकेको छ ।

यो बर्षको ‘एक नेपाली एक डिम्याट खाता’ अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो ब्यबस्था लागु गरिएको बोर्डले जनाएको छ । नयाँ ब्यबस्थाले एक नेपाली एक डिम्याट खाता अभियानमा समेत व्यापक सहभागिता बढी पूँजीबजारको विकास तथा विस्तारमा थप टेवा पुग्ने बोर्डको अपेक्षा छ ।

Logo