ऋद्धिसिद्धि सिमेन्टले पायो गुणस्तर चिह्न

ऋद्धिसिद्धि सिमेन्टले पायो गुणस्तर चिह्न

केन्द्रबिन्दु
0
Shares

ऋद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त गरेको छ । शङ्कर समूह र अम्बे समूहको १० अर्ब रुपैया गानीमा संचालित उद्योगको ओपिसी ब्राण्डले एनएस चिन्ह पाएको हो ।

उद्योगबाट अहिले दैनिक दुई हजार टन सिमेन्ट उत्पादन भइरहेको छ । कम्पनीको मकवानपुरको राक्सिराङ र निबुवाटारमा चुनढुङ्गा खानी छ । शक्तिखोरको प्रिमियम चुनढुङ्गा पनि उद्योगसँग छ । देशभरमा हेटौँडाको चुनढुङ्गा त्यसमध्ये एक हो ।

त्यसैकारण ऋद्धिसिद्धिले आफ्नो ब्राण्डिङका लागि हेटौँडाको सिमेन्ट ट्याग लाइन प्रयोग गरेको छ । उद्योगको कारखना हेटौँडाको रातोमाटेमा छ । चालीस बिघामा फैलिएको सो कारखानामा डेनमार्क र जर्मन कम्पनीका यन्त्र प्रयोग भएको छ ।

अहिले शिवम् सिमेन्ट र अर्घाखाँची सिमेन्टबीच रहेको प्रतिस्पर्धामा अब ऋद्धिसिद्धि पनि थपिएको छ ।

Logo