बिमस्टेक चेम्बर गठन हुँदै, महासंघ संस्थापक सदस्य

बिमस्टेक चेम्बर गठन हुँदै, महासंघ संस्थापक सदस्य

केन्द्रबिन्दु
18
Shares

बिमस्टेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । बिमस्टेक बिजनेस समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ ।

उक्त बैठकमा सहभागी महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा खुसी व्यक्त गरे । उनले चेम्बर विधान बनाई तत्काल कार्यान्वयन गर्न आह्वान पनि गरे ।

बिमस्टेक राष्ट्र चेम्बरका प्रतिनिधिहरुको बुधबार बसेको बैठकमा उक्त निर्णय गरिएको थियोे । बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ । बैठकमा भएको वार्ताअनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । चेम्बरको अध्यक्षता वर्णानुक्रम पालैपालो गर्ने सहमति भएको छ ।

सो बैठकमा अध्यक्ष ढकाल सहित महासंघका पूर्व अध्यक्ष भवानी राना र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ पनि सहभागी थिए ।

Skip This
Skip This
Logo