सनराइज सेक्युरिटिजबाट औपचारिक शेयर कारोबारको शुभारम्भ

सनराइज सेक्युरिटिजबाट औपचारिक शेयर कारोबारको शुभारम्भ

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन शुरुवात गरेको छ ।

एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिंदै उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरे ।

उनले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सन्राइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस् भनी कामना गरे ।

सोही कार्यक्रमका बिशेष अतिथि लक्ष्मी सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सनराइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे ।

साथै सनराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले कारोबार शुभारम्भ कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरिय रुपमा एकै ठाउँबाट सरल र सहज रुपमा प्रदान गर्न सकिने जानकारी दिए । यस कम्पनीको अधिकृत तथा चुक्ता पूँजी रु. २०,००,००,०००/– (अक्षरेपी बीस करोड रुपैयाँ मात्र) रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।

Logo