सिजी लाइफसेलको बिप एप सार्वजनिक, यस्ता छन् विशेषता

सिजी लाइफसेलको बिप एप सार्वजनिक, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी लाइफसेलले बिप एप सार्वजनिक गरेको छ । यो एपमार्फत स्मार्टफोन प्रयोगकर्ताले एकैपटकमा १० जनाले भिडियो कल गर्न सकिने छ ।

विश्वभर साढे तीन करोड प्रयोगकर्ता रहेको यो एपबाट भ्वाइसकल, म्यासेज, डकुमेन्ट आदानप्रदानसँगै विनियम दर, मौसम सम्बन्धी जानकारी, समाचार लगायतका बारेमा जानकारी लिनसक्ने कम्पनीका प्रवन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए ।

उक्त एपको बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको छ । टर्की, जर्मनी लगायत विभिन्न मुलुकमा प्रयोग गरिँदै आइएको यो एप प्रयोगकर्ताले आफ्नो भाषा अनुसारको सेटिङ मिलाएर चलाउन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, एपमा विभिन्न गेम निःशुल्क डाउनलोड, लोकेशन शेयर, फलो मी र डिस्कभरी च्यानल लगायत विशेषता रहेको पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एपमा रहेको सरप्राइज पोइन्टमार्फत सेवाग्राहीले विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् ।

Logo