नाडा अटोमोबाइल्स एशाेसिएशन अफ नेपाल (नाडा)का महासचिव हुन्, सुरेन्द्रकुमार उप्रेती । एसटीसी ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका उप्रेती सक्रिय युवा व्यवसायीका रूपमा पनि चिनिन्छन् । अटो क्षेत्रलाई सरकारले हेर्न दृष्टिकोण बदले अटोमोबाइलकै माध्यबाट अर्थतन्त्रमासमेत महत्त्वपूर्ण योगदान पुग्ने उनी बताउँछन् । यस क्षेत्रको स्पष्ट नीति नियम नहुँदा व्यवसायीले ठुलो समस्या भोग्नु परेको उप्रेतीले बताए ।
यसैबीचमा नाडाले यही भदौ ११ गतेदेखि १६ गतेसम्म नाडा अटो शो–२०२४ को आयोजना गर्दै छ । अवलोकनकर्ताहरूले एउटै छानामुनि अटोमा आएको प्रविधि यो शोमार्फत् बुझ्न र हेर्न सक्ने उप्रेती बताउँछन् । उनै महासचिव उप्रेतीसँग नाडा अटो शोको तयारी, त्यहाँ उपलब्ध हुने सवारीसाधन, अटो क्षेत्रमा देखिएका समस्या साथै सरकारले यस क्षेत्रमा गर्नुपर्ने काम लगायतका विषयसँग केन्द्रित रही केन्द्रबिन्दुका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
नेपालको वर्तमान अटो जगतलाई यहाँले कसरी हेर्नु भएको छ ? अटो क्षेत्रको ग्रोथ सन्तोषजनक अवस्थामा छ ?
-अटो बजार २/३ वर्ष अघिदेखि स्थिर अवस्थामा थियो । त्यो अवस्थाबाट अहिले केही माथि उठेको हामीले महसुस गरेका छौं । तर, यो ग्रोथ हरेर सन्तुष्ट हुने अवस्था चाहिँ हाेइन । वर्षमा १६/१७ हजार सवारी बिक्री गरेर मात्रै सन्तुष्ट मान्न सकिँदैन । कमर्सियल भेहिकल, पार्टस लुव्रिकेण्ट्स, टायर आदिको सेल्स अझै राम्रो हुन सकेको छैन । यो सेक्टरको ग्रोथका लागि धेरै काम गर्न बाँकी छन् ।
तपाईंलाई गाडी किन्न सक्ने सामर्थ्य बनाउने जिम्मा कसको त ? हामी कर तिर्न मात्र जन्मिएको त पक्कै हाेइन ।
फस्टाउँदै जानुपर्ने अटो क्षेत्र खुम्चिँदै जानुको कारण के हो ?
-सवारी अति आवश्यक वस्तु बनिसकेकाले यसको आवश्यकतालाई महसुस गर्दै सरकारले कन्जुस्याइँ नगरी यो क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भनेर भन्दै आएका छौं । सरकारी दृष्टिकोण स्पष्ट नहुँदा अन्यौलताका बीच अटो व्यवसायीहरु अगाडि बढी राख्नु परेको छ । सरकारी नीति नियमको स्थायित्व नहुनु नै मेजर समस्या भयो ।
अटोमोबाइल कत्तिको अपरिहार्य छ ? यो सबैले प्रयोग गर्न पाए भने के सुविधा हुन्छ भनेर बुझ्न आवश्यक छ । अटो क्षेत्र सरकारमा बसेकाहरूले बुझ्ने कोसिस गरिराख्नु भएको छैन । यो क्षेत्र विकास भयो मात्र विकासोन्मुखबाट देश विकसित तिर जान्छ । अहिलेका हाम्रा समस्या सम्बन्धित निकायलाई बुझाउने कोसिस गरिरहेका छौं । तर, उहाँहरूले बुझ्ने कोसिस नगर्नाले यो क्षेत्रले समस्यामा पर्दै गरेको हो ।
अहिले अधिकांश अटो व्यवसायीको मुखबाट सुनिन्छ, अटो व्यवसायको बिजनेस डाउन भयो । खुम्चिँदै गएको भनौं भने गाडी मान्छेले किन्न छाडेका छैनन्, त्यसमा चाहिने पार्ट्सहरु खपत भएकै छ, झट्ट हेर्दा त समस्या केही देखिँदै नि ?
-सडकमा गाडीको चाप, बाटोमा जाम देख्दा गाडी बिक्री भइरहेको देखिन्छ । यो लाग्नु स्वभाविक हो । तर, तपाईंको छिमेकी कतिले हिजो गाडी चढ्थे, आज कतिले चढ्छन् र शोरुमबाट हुने गाडी बिक्रीको दर हेर्नुपर्यो । सडकको साइज नबढाएपछि वर्षमा एकै हजार नयाँ गाडी सडकमा आए पनि जाम त हुने भैगयो । त्यसैले गाडीको प्रयोगकर्तासँगै सडकको साइज पनि बढाउँदै लग्नु पर्यो ।
छिमेकी देश अन्डरग्राउन्डबाट गाडी चलाउन थालिसके । हामी भर्खर फ्लाइओभर बारेमा सोच्दै छौं । यसले गर्दा अहिले नै नेपालमा गाडी पुगे भनेर भन्न सकिँदैन । नेपालमा कुनै बेला वार्षिक ३ लाख बढी बाइक बिक्री हुन्थ्यो । तर, आजको दिनमा यो दर घटेर डेढ लाखमा सीमित छ । जबकी त्यो बिक्री दर ३ लाखबाट ६ लाख रुपैयाँ हुनुपर्ने हो ।
नेपालका अधिकांश राजमार्गको अवस्था नाजुक छन् । सार्वजनिक सवारीको अवस्था दयनिय छ । यस्तो अवस्थामा कसैलाई हिँड्ने रहर छैन । तर, बाध्यता भएर मान्छे गाडी लिएर हिँडिरहेको छन् । यो बाध्यात्मक स्थितबाट बाहिर आउने हो भने बल्ल नेपालमा कति गाडी बिक्री हुन्छ र कस्तो माग छ भनेर थाहा हुन्छ । त्यसैले सरकारले पूर्वाधारमा लगानी बढाउनु पर्यो ।
रोड सेफ्टीका विधिलाई अपनाउँदै सडक पूर्वाधार बनाउने विषयमा ध्यान दिनु पर्यो । पूर्वाधारमा लगानी कहिले नगर्ने, आउने चिजलाई वञ्चित गरेर भोलिका दिनमा यो देशमा के हुन्छ ? हरेकको घरमा सवारी साधन हुनुपर्छ । सबैलाई सवारी साधनको पहुँचमा पुर्याएपछि मात्र समृद्ध नेपाल सुखी नेपालीको कल्पना गर्न सक्छौं जस्तो मलाई लाग्छ ।
छिमेकी देश अन्डरग्राउन्डबाट गाडी चलाउन थालिसके । हामी भर्खर फ्लाइओभर बारेमा सोच्दै छौं । यसले गर्दा अहिले नै नेपालमा गाडी पुगे भनेर भन्न सकिँदैन ।
नेपाली सबैको आम्दानी र आर्थिकले सवारी किन्न पुग्छ ?
-एउटा भए पनि सवारी साधन किन्न सक्ने स्तर नागरिकको बनाउनु सरकारको जिम्मेवारी हो । हाेइन भने तपाईंलाई गाडी किन्न सक्ने सामर्थ्य बनाउने जिम्मा कसको त ? हामी कर तिर्न मात्र जन्मिएको त पक्कै हैन । नागरिकप्रति पनि राज्यको उत्तरदायित्व होला । त्यसैले नागरिकलाई सवारी किन्न सक्ने सामर्थ्य बनाउने सरकारकै हो । यस्तै, चाहे त्यो सरकारले होस् या पब्लिकले व्यापारीलाई हेर्न दृष्टिकोण परिवर्तन गर्नुपर्छ । देश बनाउने नै व्यापारीले हो ।
सरकारले बजेटमा पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्दै अगाडि बढ्ने नीति लिएको छ । मन्त्री पनि त्यही भन्छन् । तर, कार्यान्वयनमा चाहिँ सरकारलाई किन गाह्रो परेकाे जस्तो लाग्छ ?
-बजेट भाषणमा मात्र यो नीति लिएर भएन । कार्यान्वयनमा पनि ल्याउनु पर्यो । नीति लिएपछि प्रोत्साहनको अनुभूति गर्न पाउनुपर्याे हैन र ? त्यो कसले अनुभूति गर्न पाएको छ ? त्यो पहिला देखाउनु होस् । छिमेकी राष्ट्रले एउटा उद्योग खोल्नको लागि कति विषयमा सुविधा दिएको छ । त्यो हेर्नुहोस् । नेपाल सरकारले सवारी साधनको एसेम्बल उद्योग वा अन्य औद्योगिक प्लान्टहरू सञ्चालनमा ल्याउँदा यति वर्षका लागि यो विषयमा छुट दियो भनेर कहिले सुन्नु भएको छ ? यो केवल कागजले मात्र सुनिएको छ । कागजले विदेशमा जानेलाई रोक्ने र रोजगारीको सिर्जना गर्दैन । त्यसैले उद्योगीको संरक्षण गर्यो भने एयरपोर्टको भिडभाड कम हुन्छ ।
तपाईं उद्योगीलाई छुट दिएर पनि धर पाइएन भन्नेहरूलाई के भन्न चाहनुहुन्छ ?
-कसलाई कहाँ छुट दिइएको छ त्यो हामीलाई थाहा भएन । हामीले देख्दा नेपालमा कृषिमा मात्र छुट पाइन्छ । किसानलाई दिएको छुट जस्तै गरी व्यापारीलाई छुट दिँदा के फरक पर्छ ? छुट भन्नाले व्यवसायीलाई सरकारले पैसा दिनु पर्याे भनेको हैन । हामीलाई समस्या पर्ने केही विषयमा सहुलियत दिनु भनेका हौं । उद्योगी जग्गा किन्न जानेकी प्रविधि किनेर उद्योग चलाउने ? यो अन्योलमा छ । यहाँ आयातित सामानलाई भन्सार कम लाग्छ ।
तर, यही उत्पादन भएका र उत्पादन गर्ने उद्योगमा कर बढी लाग्छ । लाखौंलाई रोजगार दिइरहेको अटो क्षेत्र आज खै सरकारले चासो दिएको ? यहाँ दुई पाङ्ग्रे, चार पाङ्ग्रेका एसेम्बल उद्योग साथै टायर ब्याट्री उद्योग लागि सकेका छन् । अटो मोबाइलको देशमा जरुरी छ । अटो मोबिलिटी बिना यो देश विकासको कल्पना गर्न सकिँदैन । जुन देशले प्रविधिमा जति लगानी गर्न सक्छ । तब मात्र कम खर्चमा धेरै भन्दा धेरै उत्पादन गर्न सकिन्छ ।
पूर्वाधारमा लगानी नगर्ने, आउने चिजलाई वञ्चित गरेर भोलिका दिनमा यो देशमा के हुन्छ ? हरेकको घरमा सवारी साधन हुनुपर्छ ।
तपाईं लामो समयदेखि व्यवसायीक क्षेत्रमा रमाइ रहेको मान्छे । तपाईंको नजरबाट हेर्दा यो क्षेत्रको विकासका लागि कसले के गर्यो भने सुदृढ भएर अगाडि बढ्छ ?
-यो क्षेत्रको विकासको लागि सरकारले नीतिगत विषयमा ध्यान दिनुपर्याे । तर, उक्त नीतिमा भने स्थायित्व चाहियो । यी दुईवटा कुरा भयो अटोमोबाइल सेक्टरले ठुलो परिणाममा रोजगारीको दिन सक्छ ।
तपाईंहरुले सरकारसँग लबिङ गर्न नसकेकै कारण यो क्षेत्रका विषयलाई नहेरिएको हो ?
-लबिङ गर्ने काम व्यापारीको हाेइन । व्यापारीले आफ्ना समस्या र कुरा राख्ने हो । अटो मोबाइलको इको सिस्टमलाई बुझ्न आवश्यक छ । चाहे त्यो गाडी मेनुफ्याक्चर गर्दा होस् या आयात गरेर ल्याउँदा । यसको इको सिस्टम नबुझेसम्म देशले समृद्धि हासिल गर्न सक्दैन । सरकारले नबुझेको हैन बुझ्न कोसिस नगरेको हो ।
विदेश फ्री-भिसामा पठाउने सक्ने सरकारले दक्ष जनशक्ति बनाउन पनि सक्नुपर्ने हो ।
नेपालमा सवारी प्रयोग गर्छन् । यो अति आवश्यक छ भनेर बुझ्दा पनि अटो व्यवसायी यसको उद्योगी स्थापनातर्फ चाहिँ किन लाग्दैनन् ?
-नेपालको पहिलो गोरखकाली टायर उद्योग सरकारले चलाउन नसकेर अहिले बन्द अवस्थामा छ । सरकार आफैंले सञ्चालन गरेका यस्ता कयौं उद्योग छन् । जुन उद्योग बन्द अवस्थाको पनि सिर्जना भइरहेको छ । सरकार आफैले एउटा उद्योग राम्रो चलाउन नसकेको अवस्थामा व्यापारीहरु त उद्योग सञ्चालन गर्न सफल भइरहेका छन् । व्यापारीले जोखिम लिएर आफ्नो हरेक काम अगाडि बढाईरहेका छन् ।
नेपालमा अहिले उद्योग चलाउने अपरेटर पाइँदैन । छिमेकी राष्ट्रबाट जनशक्ति ल्याएर नेपाली उद्योग चलाउनु परिरहेको अवस्था छ । नेपालका लागि भविष्यमा कस्तो जनशक्ति चाहिन्छ, त्यो जनशक्ति उत्पादनतर्फ लागेको देखिँदैन । विदेश फ्री-भिसामा पठाउने सक्ने सरकारले दक्ष जनशक्ति बनाउन पनि सक्नुपर्ने हो । बोर्डरबाट अनैतिक रूपमा सामान भित्रिन्छन् । कवाडीको रूपमा फालेका गाडीका पार्टहरू समेत भारतमाबाट ल्याएर यहाँ बिक्री गर्छन् । अनि यहाँको उद्योग कसरी सुरक्षित भए ? उद्योग लगाउने मान्छेलाई संरक्षण गर्नु सरकारको पनि दायित्व हो ।
उद्योग लगाए पनि नलगाए पनि व्यापारीले पैसा कमाउँछ । सरकारले पनि यो उद्योग लगाउने मान्छेलाई यति वर्षसम्म यो–यो सुविधा दिनसक्छु भनेर लाग्नु पर्यो ।
नेपालमा ईभी प्रयोगकर्ताको संख्या बढिरहेका छन्, ईभीको भविष्य, ब्याट्री व्यवस्थापनलाई लिएर धेरै सोचमग्न पनि छन्, यसमा आउने खर्च बढी हुन्छ भन्ने गरिन्छ । तपाईं चाहिँ ईभीको भविष्य कस्तो देख्नु हुन्छ ?
-अबकाे दिन इमोबिलिटीको हो । यसबाट बाहिर जान सक्दैनौं । नयाँ चिज आएपछि धेरै चनाखो भएर हेर्छौं । घरमा एउटा फ्रिज किन्यौं भने पुरानो फ्रिजले जति नै आवाज निकाले पनि हामी सुन्दैनौं । तर, नयाँको चाहिँ अलिक बढी ध्यान दिएर हेर्छौं । ईभी समयको माग हो । यसलाई आत्मासाथ गर्नुपर्छ । तपाईंहरु नाडा अटो शोको तयारीमा हुनुहुन्छ, पहिला र यस पटकको अटो शोमा भिन्न के देख्न पाइन्छ ?
नाडा अटो शो आएपछि दशैं आउँछ । हरेक चाडपर्वलाई इन्डिकेट गर्ने यो शो चाहिँ गेट हो ।
अटोका विषय बारे बुझ्न हिँड्ने हो भने ८/१० दिनकै फुर्सद मिलाउनु पर्छ । एउटै छानामुनि बसेर सम्पूर्ण विषय थाहा पाउनको नाडा अटो शो–२०२४ उपयुक्त गन्तव्य हो । त्यसले गर्दा पनि नाडा अटो शो सधैं हिट छ । गाडी खरिद गर्नेको लागि अटो शोमा अफरहरू साथै विभिन्न सुविधाहरू पनि उपलब्ध गराएका हुन्छन् । यसपटकको अटो शोलाई भिन्न तरिकाले गर्ने नाडाले सोचेको पनि हो । आयोजना गर्न पनि सक्छ । तर, हामीसँग प्रदर्शनी गर्ने स्थान सानो भयो । अटो शो यस पटक भव्य हुने अपेक्षा नाडाको हो । अटो शोमा विभिन्न देशका प्रतिनिधिहरूको पनि सहभागी हुनेछ । अटोमा आएका नयाँ प्रविधि पनि यहाँ देख्न पाइन्छ ।
नेपाली अटो मोबाइलमा आउने प्रविधि अन्य देशमा ५/६ वर्ष अगाडि नै आइसकेको हुन्छ । तर, यस्ता प्रविधि नेपाल ल्याउन चाहिँ किन ढिलाई गरिन्छ ?
-कुनै पनि वस्तु बजारमा बन्ने बित्तिकै ल्याउन मिल्दैन । उक्त प्रविधिको परीक्षण गरिसकेपछि मात्र यहाँ ल्याउने हो । जसको लागि केही समय लाग्छ । उक्त नयाँ प्रविधि भर्चुअल भन्दा पनि त्यसलाई फिजिकल्ली हेर्न अटो शोमा पुग्नु पर्ने हुन्छ । नाडा अटो शो आएपछि दशैं आउँछ । हरेक चाडपर्वलाई इन्डिकेट गर्ने यो शो चाहिँ गेट हो । व्यापारीले व्यापार गर्नको लागि मात्र सबै चिज गर्दैन । गाडी शोरुमबाट पनि बिक्री हुन्छ । तर, आफूले ल्याएको चिजलाई सोकेस गरेर देखाउनु ठुलो कुरा हो । व्यापारी पनि त्यसैमा खुसी हुन्छन् ।
सकस पूर्ण अवस्थाबाट गुज्रिरहेको अटो सेक्टरलाई चलायमान बनाउन अटो शो भूमिका कस्तो हुनेछ ?
-व्यापार गर्ने मान्छेले बाँचुन्जेल आशा राख्नुपर्छ । जो गाडी किन्नको लागि वर्षैदेखि कुरी राख्नु भएको छ । जसलाई चाहँदा चाहँदै सरकारले गाडी चढ्नबाट वञ्चित गरेको छ । वञ्चित गर्न नसक्नेहरू गाडी किनेर लिएर जानुहुन्छ । राज्यले गर्व गर्ने ठाउँ राखेर यस पटकको नाडा अटो शोको आयोजना गर्ने छौं । एक दिन उहाँहरूले पनि यो क्षेत्रको लागि केही गर्नुपर्थ्यो । तर, अब ढिला भएछ भन्ने महसुस गर्नु हुनेछ ।
व्यवसाय गर्ने नाफा कमाउनको लागि नै हो । तर, नाफा कमाउनु अपराध हो जस्तै गरी सरकारले बुझेको देखियो भन्ने हाे ?
-सबै व्यापार गर्ने मान्छे सफल छैन । सबै व्यापारी सफल हुने भने सबै जना व्यापारी हुन्थे । कति जना व्यापार गर्ने मान्छे सफल भए त्यो बुझ्न सरकारले जरुरी छ ।
नीति लिएपछि प्रोत्साहनको अनुभूति गर्न पाउनुपर्याे हैन र ? त्यो कसले अनुभूति गर्न पाएको छ ?
तपाईं एसटीसी ग्रुपको प्रबन्ध निर्देशक भएर काम काम गरी राख्नु भएको छ । तपाईंहरुको व्यवसायीक अवस्था कस्ता छ नि ?
-समग्रमा अहिलेसम्मको व्यापार राम्रो छ । अटो मोबाइलको सिनारियो जसरी अगाडि बढ्छ । त्यसरी नै हामी पनि अगाडि बढ्ने हो । अटो मोबाइलमा केन्द्रित रहेर केही नयाँ काम गर्ने सोच बनाएका छौं ।
एसटीसी ग्रुपले दुई पाङ्ग्रे सवारीको लागि ब्याट्री उत्पादन गरी भारत निर्यात गर्ने योजना बनाएका छ । अब ब्याट्री निर्यात कहिलेबाट हुन्छ ?
-हामीले अहिले मोटरसाइकल तथा स्कुटरमा प्रयोग हुने ब्याट्री निर्यात गर्न योजना बनाएका हौं । अहिले यसको सम्भाव्यता अध्ययन गरिरहेका छौं भने छिटै निर्यात गर्ने हाम्रो लक्ष्य हो । कति परिणाम निर्यात गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं । यो नेपालको पहिलो उद्योग हो जसकाबाट ब्याट्री निर्यात पनि हुँदैछ ।
सरकार आफैले एउटा उद्योग राम्रो चलाउन नसकेको अवस्थामा व्यापारीहरु त उद्योग सञ्चालन गर्न सफल भइरहेका छन् ।
तपाईं नाडाको पदाधिकारीमा बसेर काम गर्नुभएको धेरै भइसकेको छ ? अहिलेसम्म अटो क्षेत्रमा परिवर्तन ल्याउने के काम गर्नु भयो ?
-अटो क्षेत्रमा परिवर्तन ल्याउने काम संस्थाको होइन । संस्थाले संस्थाका सदस्यहरूको हकहितको लागि काम गर्ने हो । हिजो यो संस्था काठमाडौंमा मात्र सीमित थियो । आज प्रत्येक प्रदेशमा यसको सञ्जाल फैलाउन सफल भएका छौं । संस्थाको माध्यमबाट यो क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्नुपर्छ भनेर लागेका छौं । संस्था भयो भने मात्र व्यवसाय सुरक्षित हुन्छ । संस्थाले गर्ने निर्णयमा मतभेद हुन सक्छन् । तर, संस्थाले निर्णय गरिसकेपछि एक जुट भएर काम गर्नुपर्छ भनेर हामी लागेका छौं ।
हेर्नुहाेस्, भिडियाे पनि-
प्रतिक्रिया