भदौ ७ गतेदेखि २१औं डाबर गुलावरी तीज फेस्टिवल श्रृजनशील उद्यमी मेलाको आयोजना हुँदै 

भदौ ७ गतेदेखि २१औं डाबर गुलावरी तीज फेस्टिवल श्रृजनशील उद्यमी मेलाको आयोजना हुँदै 

केन्द्रबिन्दु
24
Shares

महिला श्रृजनशील केन्द्रको आयोजना तथा राईजिङ्ग नेपाल प्रालिको व्यवस्थापनमा २१औं डाबर गुलावरी तीज फेस्टिबल–शृजनशील उद्यमी मेला –२०८१ को आयोजना हुने भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै हरितालिका तीजको अवसर पारेर मेला आयोजना गर्न लागेको जानकारी दिइएको हो । 

उक्त मेला भदौ ७ गतेदेखि ९ गतेसम्म बालुवाटारस्थित आम्रपाली बैक्वेटमा सञ्चालन हुनेछ । महिलाको सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रेरित गर्दै आर्थिक रूपमा सबल बनाई प्रविधि मैत्री वातावरण सिर्जना गरी एक सफल उद्यमी बनाउने लक्ष्यका साथ यो मेलाको आयोजना गर्न लागिएको राईजिङ्ग नेपाल प्रालिका अध्यक्ष पशुपति केसीले बताए । 

आयोजकका अनुसार महिलालाई सीप सिकाई उनीहरूको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न यस मेलालाई अवसरको रूपमा लिन सकिन्छ । सो मेलामा ७० भन्दा बढी स्टलहरू रहनेछन् । 

यसैगरी महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले मेलाले श्रृजनशील र सीप भएका महिलालाई उद्यमी बन्न प्रेरित गर्ने बताइन् । ‘महिला सशक्तीकरण तथा समाज परिवर्तनमा टेवा पुर्याउने पनि हाम्रो मेलाको उद्देश्य हो, स्वदेशी तथा घरेलु उद्यम प्रवर्द्धन तथा उत्पादनलाई प्रोत्साहन गर्ने र महिलाद्वारा उत्पादित वस्तु तथा सेवालाई प्रवर्द्धन गर्ने तथा बजारीकरण गर्नेमा मेलाले महत्वपूर्ण भूमिका खेल्ने छ,’ उनले भनिन् ।

मेलामा महिलाले घरमै सिर्जना गरेका सामाग्रीहरू प्रदर्शनी हुने अध्यक्ष थापाको भनाइ छ । मेलामा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना हुनेछ । आयोजक टिमले ५ वटा भन्दा बढी स्टल असहाय, अशक्त, अपाङ्ग र ग्रामीण क्षेत्र पिछडिएका दिदिबहिनीहरुलाई निःशुल्क प्रदान गरिएको छ ।

Skip This
Skip This
Logo