अख्तियारद्वारा ६ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

अख्तियारद्वारा ६ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

केन्द्रबिन्दु
69
Shares

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले झुट्टा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको भनी प्रतिवादीहरू दिपकबहादुर बुढाथोकी, ललन मण्डल, दिपेश महतारा, मानबहादुर रावत, वीरबहादुर बुढा र ज्ञानबहादुर शाही रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दिपकबहादुर बुढाथोकी, तत्कालीन सवइन्जिनियर ललनकुमार मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सवइन्जिनियर दिपेश महताराले बाजुराको खप्तड लसके खानेपानी योजना निर्माण कार्यको फिल्डमा कामभन्दा बढी परिमाण देखाएर झुट्टा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको आयोगले जनाएको छ ।

यस्तै मापदण्ड विपरीत भएको निर्माणलाई शर्त तथा मापदण्डबमोजिम भएको हो भनी सिफारिस गरेको, उक्त झुट्टा नापी किताब, ठेक्का बिल तथा कार्यसम्पन्न प्रतिवेदन लगायतका कागजातहरू स्वीकृत गरी १ लाख ५६ हजार ५ सय ५३ रूपैयाँ भ्रष्टाचार गरेको पाइएको छ । बुढाथोकी, मण्डल र महताराको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को खण्ड (ग) र खण्ड (ङ) को कसुर देखिँदा निजहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम उपदफा (२) बमोजिमको कसुर भएकोले बुढाथोकी, मण्डल र महतारालाई ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुने भएको छ ।

यसैगरी खप्तड लसके खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रावत र सचिव वीरबहादुर बुढाले योजनाको निर्माण कार्यमा खप्तड क्षेत्र पर्यटन विकास समिति, डोटीसँग भएको सम्झौताको शर्त पालना नगरी वास्तविक रूपमा फिल्डमा नभएको कार्यलाई समेत नापी किताबमा चढाउन लगाई गैरकानूनी लाभ १ लाख ५६ हजार ५ सय ५३ रूपैयाँ भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० को कसुरमा ऐनको दफा ८ को उपदफा (४) बमोजिम बिगो एक लाख ५६ हजार ५ सय ५३ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुने जनाइएको छ ।

खप्तड लसके खानेपानी योजनाको अनुगमन समितिका संयोजक ज्ञानबहादुर शाहीले फिल्डमा सम्झौताबमोजिम निर्माण कार्य सम्पन्न नभए तापनि सम्झौताबमोजिम सम्पन्न भएको भनी अनुगमन गरी गलत सिफारिस गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) दबमोजिमको कसुर भएकोले शाहीलाई ऐनको दफा १९ को उपदफा ९२० बमोजिमको कैद र जरिवानाको सजाय हुने भएको छ ।

Skip This
Skip This
Logo