अदालतले करेन्ट चाउचाउको बिक्रीमा रोक नलगाएको यशोदा फुड्सको प्रष्टीकरण

अदालतले करेन्ट चाउचाउको बिक्रीमा रोक नलगाएको यशोदा फुड्सको प्रष्टीकरण

केन्द्रबिन्दु
12
Shares

यशोदा फुड्स प्रालिले आफ्नो कम्पनीको उत्पादनको बारेमा विभिन्न सञ्चार माध्यममा भ्रमपूर्ण समाचार प्रकाशन भएकोमा आपत्ति जनाएको छ । सम्मानित अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गरेको भन्दै कम्पनीले आज विज्ञप्ती जारी गरी गम्भीर ध्यानाकार्षण भएको जनाएको हो ।

‘सर्वाेच्च अदालतबाट मिति २०८१/०४/३२ मा ‘कानुन बमोजिम गर्नू’ भनी भएको आदेशको गलत व्याख्या गरी विभिन्न सञ्चार माध्यममा यशोदा फुडसको उत्पादनको विक्री वितरणमा सर्वाेच्च अदालतले रोक लगाएको भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गरेको कुरामा यशोदा फुडस प्रा.लि.को गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

उद्योग विभागबाट ट्रेडमार्क, लेबल दर्ता गरी नियम बमोजिम इजाजत प्राप्त लेबलहरुमा मात्र उत्पादन गरी आएको तथा उद्योगले सयौ लेवल तथा ट्रेडमार्क दर्ताको लागि उद्योग विभागमा आवेदन गर्ने गरिएकोमा माथि उल्लेख भएको एक लेबल दर्ताको क्रममा विपक्षीले विरोध गरेकोले सो एक आवेदन नम्बरको लेबलका विषयमा हाल सम्म पनि उच्च अदालतले सुरु उद्योग विभागको निर्णय कार्यान्वन नगरी यथा स्थितीमा राख्नु भनि गरेको आदेशलाई यशोदा फुडस प्रा.लि.ले सिरोधार्य गरी उक्त आवेदन नम्बर ०९८२२९ को लेबलबाट कुनै मालवस्तु उत्पादन नगरी उद्योग विभागबाट प्राप्त सँलग्न ट्रेडमार्क दर्ता प्रमाणपत्र बमोजिमका लेबलको मात्र मालबस्तु उत्पादन गरी आएको पनि कम्पनीले जनाएको छ ।

यशोदा फुड्स प्रा.लि.ले करेन्ट नामको ट्रेडमार्क, लेबल समेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिई प्रचलित कानून भित्र रहेर विभिन्न स्वादका चाउचाउ, लगायतका वस्तु उत्पादन गर्ने नेपालकै प्रतिष्ठित उद्योग हो । प्रयोग भइरहेका ट्रेडमार्कको उद्योग विभागबाट विभिन्न मितिमा, लेबल डिजाइन ट्रेडमार्क दर्ता प्राप्त गरिसकेको छ ।

Skip This
Skip This
Logo