नेपाल धितोपत्र बोर्डमा लगाएको ताला सरकारले बलपूर्वक खोलेको भन्दै दबाब समुहले आजदेखि रिले अनसन सुरु गरेको छ । उक्त समुहले सोमबार बिहान बोर्डको मूलगेटमा कालो बेलुन झुन्ड्याएर अनसन शुरु गरेका हुन्।
धितोपत्र बोर्डमा तालाबन्दी गर्न जाँदा सरकारले दमन गरेको दबाब समुहले त्यसको प्रतिवाद गर्न अनसन सुरु गरेको जनाएको छ । समुहले आइतबार गरेको तालाबन्दी करिब ३ घण्टा पछि सुरक्षाकर्मीले खुलाएको थियो ।
समुहले पुंजीबजार सुधार र विस्तारको लागि विभिन्न निकायमा पेश गरिएको ३२ बुंदे माग पुरा गर्न दबाब दिदै आएको छ ।





























प्रतिक्रिया